back

नेपाली इन्जिनियर्स एसोसिएसन नेदरल्याण्ड गठन

वि.सं.२०७६ असार १८ बुधवार

600 

shares

नेदरल्याण्डमा बहुप्रतिक्षित नेपालीभाषी इन्जिनियर्स एसोसिएसन गठन भएको छ ।

शिक्षा क्षेत्रमा विश्वकै अग्रपंक्तिमा रहेको पानी मुनिको देश भनेर चिनिने नेदरल्यान्डको अति ब्यस्त तथा ऐतिहासिक शहर युत्रेख्तमा नेदरल्याण्डभरी छरिएर रहेका नेपालीभाषी नेपालीहरुको ऐतिहासिक भेलाले संस्था जन्माएको हो ।

परिचयात्मक कार्यक्रम र शुभकामना आदान–प्रदानबाट सुरु भएको कार्यक्रममा प्राबिधिक क्षेत्रमा बिद्यावारिधी गरेका र अध्ययनका सिलसिलामा रहेका बिद्यार्थी समुह समेतलाई समेटेर उक्त एसोसिएसन गठन गरिएको हो ।

एसोसिएसनको नीति, उद्देश्य तथा भावी कार्यक्रमहरुमाथि भएको गहन छलफल र निर्णय अनुसार संगठनलाई संस्थागत ढंगले अघि बढाउन बिगत लामो समयदेखि द हेगमा बसोबास गर्दै आएका केमिकल इन्जिनियर डिपी मैनाली शर्माको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

जस्को सचिवमा समीप कार्की, कोषाध्यक्षमा निमिशा सापकोटा, प्रविधि सन्चालिकामा रेनुका गुरुङ श्रेष्ठ तथा सदस्यहरुमा अशिम रिजाल, सन्दीप मिश्र र प्रविन बस्नेत चयन गरिएको छ ।

करिव एक करोड सत्तरी लाख जनसंख्या रहेको नेदरल्याण्डमा स्थायी वा अस्थायी बसोबास गर्ने नेपाली तथा भुटानी समुदायको संख्या जम्मा २ हजारको हाराहारीमा रहेको अनुमान छ । यो संख्या यहाँको जनसंख्याको थोरै हिस्सा ओगटेको छ । तर, थोरै संख्या रहे पनि छोटो अवधिमा यहाँ बसोबास गर्ने नेपालीहरु अती सम्पन्न र ब्यबस्थित हैसियत राख्दछन ।

स्मरण रहोस् कारागारमा कैदीहरुको समेत अभाव रहेको अति सभ्य देश नेदरल्याण्डका बासिन्दाहरुको जीवनशैली विश्वकै उच्च रहेको तथ्य हालैको अनुसन्धानले पुष्टि गरेको छ ।

सानो नेपाली भाषी समुदाय रहेको यो देशका विश्वबिख्यात विश्वबिद्यालयहरुबाट बिद्यावारिधी गरेका र अध्ययनको सिलसिलामा रहेका बिद्यार्थीहरुको संख्या उच्च रहे पनि यहाँको बौद्दिक समुह सामुदायिक हैसियतबाट उपेक्षित रहेको छ ।

अति प्रतिस्प्रधात्मक रुपमै गठन र निर्माण भएका दर्जनौं संघ संस्थाहरुका बाबजुद नेदरल्याण्डमा नितान्त गैर राजनैतिक र बिसुद्ध पेशासँग सम्बन्धित यहाँका शैक्षिक जागरणलाई लक्षित गरी गठन भएको बौद्दिक तथा प्राविधिक बर्गको संगठन भने यो पहिलो हो । नेपाली भाषी इन्जिनियर्स एसोसिएसनले शैक्षिक तथा बौद्दिक क्षेत्रलाई नेपाली समुदायको मुलधारमा ल्याउन गरेको अभियानलाई सम्पूर्ण क्षेत्रबाट नितान्त अलग र सकारात्मक ढंगले चर्चा हुन थालेको संयोजक मैलाली बताउछन् ।

युरोपको अमेरिका भनेर चिनिने सानो देश नेदरल्याण्ड शिक्षा क्षेत्रमा विश्व कै अग्रपंक्तिमा रहेको कुरा हालैका अनुसन्धानले समेत देखाएका छन् ।

यहाँ रहेका जम्मा १३ वटा विश्वबिद्यालयमध्ये १२ बिश्व विद्यालयहरु विश्वविख्यात नै मान्निन्छन् । जसअनुसार बिभिन्न संकायमध्ये एरो स्पेस इन्जिनियरिङ्ग, सिभिल इन्जिनियरिङ्ग, मेकानिकल तथा आर्किटेक्र्च इन्जिनियरिङ्ग भने विश्वकै सबैभन्दा अगाडि रहेर दुवई, सिंगापुर निर्माणदेखि अन्तरिक्षमा जाने हैसियत समेत राख्दछन् ।

बिश्वबिख्यात बैज्ञानिक आइन्स्टाइनले नेदरल्याण्डबाटै बिज्ञान पत्ता लगाएका थिए । हालैको सरकारी तथ्यांक अनुसार युरोप तथा युरोप बाहिरका १७० देशबाट ८५,९५५ जना अन्तराष्ट्रिय बिद्यार्थीहरु यहाँका प्रमुख युनिभर्सिटीहरुमा अध्ययनरत छन् । तर, नेपाली बिद्यार्थीहरुको संख्या भने न्यून तथा बढ्दो रहेको तथ्य हालैको अनुसन्धानले देखाएको छ ।

सानो नेपालीभाषी समुदायमा अत्यन्त फरक शिक्षा नीतिका कारण नयाँ पूस्तालाइ यस क्षेत्रको सरल तथा सफल प्रवेशका संभावनाको खोजी आजको आवश्यकता रहेको र समाजलाई समेत फरक ढंगले सचेत गराउने उद्देश्य अनुरुप बिद्याबारिधी प्राप्त नेपाली तथा नेपालीभाषी भुटानी समुह समेतको संलग्नतामा एसोसिएसन गठन भएको द हेगबाट हेमकुमारले जानकारी दिए ।

कार्यक्रमको अन्त्यमा तदर्थ समितिका सम्पूर्ण सदस्यहरु तथा संस्थाका बरिष्ठ टी यु युनिभर्सिटी देल्फ्तका पोस्ट डाक्टर प्रतिक श्रेष्ठलाई संगठनका संरक्षक हेम कुमार र संयोजक डिपी मैनालीले खादा लगाइ स्वागत तथा सम्मान गरेका थिए । यो संस्था स्थापनाका लागि हेम कुमार र डिपी मैनालीले अग्रसरता लिएका थिए ।

वि.सं.२०७६ असार १८ बुधवार १८:२२ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...