
१८ असार, युएई । गुल्मी सेवा समाज युएईमा रुद्र थापा सर्वसम्मतरुपमा अध्यक्ष चुनिएका छन् ।
देरा दुबईको फ्लोरा कृक होटलमा जुन २१ मा सम्पन्न समाजको चौथो अधिबेशनले अध्यक्षमा रुद्र थापालाई सर्वसम्मत चयन गर्दै समाजको अन्य पदाधिकारीहरुमा उपाध्यक्षत्रयमा सीता केसी, रामप्रसाद श्रेष्ठ र नोखा बस्नेत,महासचिवमा मेघराज कँडेल, सचिवमा सरस्वती पौडेल, सीता रमाइली, हुमराज बिक, कोषाध्यक्षमा नेत्रप्रसाद भुसाल, प्रवक्तामा किशोर केसी तथा सदस्यहरूमा बाबुराम सुनार, लेखनाथ विश्वकर्मा, प्रेम जिसी, ओमप्रसाद भण्डारी, मधु काफ्ले, अर्जुन अर्याल, केशव भण्डारी, जुना बोहरा, होमनाथ कुँवर, लक्ष्मण जिसी, घनश्याम भण्डारी, शेरबहादुर थापा, जीवलाल पाण्डे, जीवनसिहँ ठकुरी र निर्मला मगर चयन गरेको छ ।
निर्वतमान अध्यक्ष लक्ष्मण अर्यालको सभापतित्व, एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्यता, समाजका संरक्षक कृष्णप्रसाद गौतमको विशिष्ठि आतिथ्यता रहेको उक्त कार्यक्रममा युएईमा रहेका नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गायक सुरेश राना मगर लगायत युएईमा कार्यरत कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहेको उक्त कार्यक्रममा समाजका निवर्तमान महासचिव रुद्र थापाले समाजको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
वि.सं.२०७६ असार १८ बुधवार १८:५० मा प्रकाशित