back

बङ्गलादेशी तयारी पोशाक उद्योगमा आगलागी

वि.सं.२०७६ असार १९ बिहीवार

465 

shares
GLOBAL IME AD
NTC AD

१९  असार, ढाका ।  बङ्गलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भिषण आगलागीका कारण छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

राजधानी ढाकाबाट नजिकैको श्रीपुरमा रहेको विशाल कारखानामा लागेको आगो नियन्त्रणमा ल्याउन १२ घण्टाभन्दा बढी समय लागेको थियो । बङ्गलादेशमा असावधानीका कारण तयारी पोशाक कारखानाहरूमा बारम्बार आगलागीका घटना हुने गरेका छन् ।

मङ्गलबार राति शुरु भएको आगो नियन्त्रणमा ल्याउन पानीको अभाव भएको स्थानीय अग्निनियन्त्रक प्रमुख अख्तर उज जमानले बताए ।

अख्तरले घटनास्थलबाट छ जनाको शव निकालिएको जानकारी दिए ।

आगलागीबाट उद्योग परिसरमा रहेका आधाभन्दा बढी भवनहरूमा क्षति पुगेको छ । क्षतिग्रस्त भवनमा अरू पीडितको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

चीनपछि विश्वमै तयारी पोशाक उत्पादन गर्ने दोस्रो ठूलो मुलुक बङ्गलादेश हो । तर उद्योगमा नियमितझैँ आगलागी र अरू दुर्घटना हुने गरेको भन्दै आलोचना हुने गरेको छ । सन् २०१३ मा राना प्लाजा घटनामा एघार सयभन्दा बढीको ज्यान गएको थियो ।

ढाकामै गत मार्चमा एक कार्यालय भवनमा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो ।

वि.सं.२०७६ असार १९ बिहीवार ११:३५ मा प्रकाशित

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

हाइनान(चीन) । एसियाका लागि बोआओ फोरम (बिएफए) को वार्षिक सम्मेलन...

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

सियोल । बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा...

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

सियोल । दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण...

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

बैंकक । थाइल्यान्डकी प्रधानथाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्तमन्त्री पेटोङ्टार्न...

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य...

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

हाइनान (चीन) । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा...