back

बङ्गलादेशी तयारी पोशाक उद्योगमा आगलागी

वि.सं.२०७६ असार १९ बिहीवार

819 

shares

१९  असार, ढाका ।  बङ्गलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भिषण आगलागीका कारण छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

राजधानी ढाकाबाट नजिकैको श्रीपुरमा रहेको विशाल कारखानामा लागेको आगो नियन्त्रणमा ल्याउन १२ घण्टाभन्दा बढी समय लागेको थियो । बङ्गलादेशमा असावधानीका कारण तयारी पोशाक कारखानाहरूमा बारम्बार आगलागीका घटना हुने गरेका छन् ।

मङ्गलबार राति शुरु भएको आगो नियन्त्रणमा ल्याउन पानीको अभाव भएको स्थानीय अग्निनियन्त्रक प्रमुख अख्तर उज जमानले बताए ।

अख्तरले घटनास्थलबाट छ जनाको शव निकालिएको जानकारी दिए ।

आगलागीबाट उद्योग परिसरमा रहेका आधाभन्दा बढी भवनहरूमा क्षति पुगेको छ । क्षतिग्रस्त भवनमा अरू पीडितको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

चीनपछि विश्वमै तयारी पोशाक उत्पादन गर्ने दोस्रो ठूलो मुलुक बङ्गलादेश हो । तर उद्योगमा नियमितझैँ आगलागी र अरू दुर्घटना हुने गरेको भन्दै आलोचना हुने गरेको छ । सन् २०१३ मा राना प्लाजा घटनामा एघार सयभन्दा बढीको ज्यान गएको थियो ।

ढाकामै गत मार्चमा एक कार्यालय भवनमा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो ।

वि.सं.२०७६ असार १९ बिहीवार ११:३५ मा प्रकाशित

Himalayan Life AD
‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस...

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

इस्लामबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु...

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

दुबई, संयुक्त अरब इमिरेट्स। इरानका राष्ट्रपति मासउद पेजÞेश्कियनले देशका विदेशमन्त्रीलाई...