back

राहुलको ‘ट्वीटर प्रोफाइल’ फेरियो

वि.सं.२०७६ असार १९ बिहीवार

696 

shares

१९ असार, नयाँदिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गरेका छन् ।

उनले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेखेकोमा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय राष्ट्रिय काँग्रेसको सदस्य लेखेका छन् । उनको ट्वीटर ‘अकाउन्ट’ मा “यो राहुल गान्धीको आधिकारीक ‘अकाउण्ट’ हो, भनी लेखिएको छ । प्रोफाइलमा भारतीय राष्ट्रिय काँग्रेसको सदस्य तथा संसद सदस्य भनेर पनि लेखिएको छ ।

उनले केही दिनमात्र अघि पनि आफू पार्टी अध्यक्ष अब धेरै दिन नरहने बताएका थिए । उनले चाडै नै पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

हालै भएको लोकसभा निर्वाचनमा काँग्रेस अधिकांश ठाउँमा पराजय भएपछि उनले त्यतिबेलै राजिनामाको घोषणा गरेका थिए । तर उनको राजिनामा अझै स्वीकृत भइसकेको भने छैन । कतिपय नेताहरुले उनलाई पार्टी अध्यक्षको जिम्मेबारी नछाड्न आग्रह पनि गर्दै आएका छन् ।

यता राहुलले भने आफूले राजिनामा दिए लगत्तै आफ्नो ट्वीटर अकाउन्टमा परिवर्तन गरिसकेका छन् । यस कारण पनि उनी अब पुनः अध्यक्षका रुपमा फर्किने सम्भावना कम रहेको विश्लेषकहरुको भनाई छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १४:२३ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...