back

लघुकथाः भाकल

वि.सं.२०७६ असार २१ शनिवार

762 

shares

सन्त बहादुर र पुकुलीले घरमा पटक्कै सुख शान्ति भएन भनेर कालीथानकी देवीलाई भाकल गरेअनुसार एकजोडी बोकापाठीको भोगदिन घरकै घोर्ली बाख्राका पाठापाठीलाई पानी हालेर भाकेका थिए ।

आज कालीथान जानेदिन । नुहाई धुहाई सकेर भाकल सामाग्री ठिक्क पारेपछि पाठा निकालेर सन्तेले डोरी समात्यो ।

जोडिपाठा आमालाई छोडेर एक्लै हिड्नु पर्दा सार्है डराएर कराए,घोर्लीले सान्त्वना दिदै कराई जाओ न जाओ आफ्नै मालिक मालिक्नीसँग त छौ नि पराईसँग छैनौ त ! भरे लिएर आईहाल्छन नि ? आमाको भरोसा लाग्दो बचन पाएर पेटेटे–पेटेटे गर्दै पाठा सन्तेका पछिलागे ।

भरे फर्किदा सन्ते रित्तोहात आएको देखेर घोर्लीको मुटु चस्कियो,उ आत्तिदै कराउन थाली । सन्तेले घोर्लीलाई कराउछस् ? भन्दै सिर्कनाले कुट्तै थियो यत्तिकैमा सन्तेको मोबाईल बज्यो, ‘हेलो ! को बोल्नु भो ?’ उताबाट जवाफ आयो, ‘हामी पुलिस डिपार्टको मान्छे बोलेको, अम्बर बहादुर तपाईको को हो ?’ भक्तेले अँध्यारो मनपार्दै भन्यो ‘मेरो छोरो हो हजुर,किन ? के भयो ? के गल्ती गर्यो उसले ?’ आत्तिएको स्वरमा सोध्यो ।

उताबाट आवाज आयो, ‘तपाईको छोरा सडक दुर्घटनामा परेर चिंन्ताजनक अवस्थामा छ ।’

सन्तेले खुईया गर्दै मेरो वावु भनेर डाको छोडेर करायो । उता पुकुलीले घरै उचालेर चिच्याउदै रून थाली । गोठका बाछापाडा,गाईगोरू ड्वाँ ड्वाँ गर्न थाले, काले कुकुरले आँगनमा ठाडो घाँटी लगाएर उ उ उ उ उ उ उ गरेर रून थाल्यो,खोरका बाख्रा पनि कराँउन थाले ।

सुन्ने र देख्ने जो कोहीलाई लाग्थ्यो सन्ते र पुकुलीको त्यो दर्दनाक दृश्यमा ति सबै सबै पशुहरूसमेत असैह्य वेदनाले भावविह्वल भएर रोईरहेका थिए ।

वि.सं.२०७६ असार २१ शनिवार ०७:४१ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही -१८, दाङ १. पार्टीविहीन बनाउँ सरकार भन्छन्...

रागविराग

रागविराग

घनश्याम पौडेल, पोखरा मान्छे भयो अति धेरै बेइमानी गल्तीहरू गर्छ...

कविता : शरीरको गुनासो

कविता : शरीरको गुनासो

कल्पना अधिकारी, काठमाडौँ यो ज्यानले भन्छ भयो नलेख् भो। नानथरीका...

चारु

चारु

पशपती राई, हलेशी तुवाचुङ – ५, खोटाङ मेरो गोरूको बाह्रै...

गजल

गजल

उत्तम विचार,टोखा, काठमाडौँ निभेका कथा छन् बलेका कथा छन् कयौँ...

गजल

गजल

कलानिधि दाहाल रातोपुल, काठमाडौँ भन्थे सबै दयालु देख्थेँ म ऊ...