back

गजल

वि.सं.२०७६ असार २१ शनिवार

780 

shares

धनीको मात्र कहाँ हो र, गरिबको’ नि मान हुन्छ
महलमा मात्र कहाँ हो र, झुपुडीमा’ नि इन्सान हुन्छ

खान मिठो पिज्जा बर्गर, सैन्डवीच र होट–डोग तर
खोले, सिस्नु, मक्कै ढिंडो, ग्रुन्द्रुकमा’नि जान हुन्छ

जीउनलाई यस संसारमा गाँस–बास र कपास काफी
अरुको धन खोसेर खाने, यस्ताहरु बेईमान हुन्छ

आकांक्षाको अँध्यारोमा, अल्झिएको छ यो जीवन
उभो जाउँ त जान नसक्ने, तल झरे अपमान हुन्छ

धन–धान्यको तराजूले, बाडिएका छन् मानिस आज
नफरतले त मानव मार्छन्, ‘प्रेम’ नै त्राण हुन्छ ।

राजफाप्री, सिलिगुडि पश्चिम वंगाल

वि.सं.२०७६ असार २१ शनिवार ०७:५७ मा प्रकाशित

Himalayan Life AD
लघु कथा- हराम प्रसादको फूर्ति

लघु कथा- हराम प्रसादको फूर्ति

मूरलीचोक थानाका थानेदार हराम प्रसाद दर्जाले सई भएपनि चुरीफुरीले ठुलै...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

काठमाडौं । सर्जक सरस्वती भित्रकोटीद्वारा रचित ‘प्रेमपत्र’ मुक्तक–संग्रह शनिबार बालुवाटारस्थित...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. स्मृति मर्दैन कहिल्यै जब एक्लोपन आउँछ...

चारु

चारु

तेजप्रसाद खनाल लमही, दाङ तिम्रा मेरा जिन्दगीका रहर अधुरा छन्...

सुसेली

सुसेली

घनश्याम पौडेल,पोखरा १ सबै–सबैमा एकादशी पर्वको शुभकामना २. फूल खसेर...