साँच्चै तिम्रो अगाडी
ऊ यति धेरै प्रिय छ
किन हो खै ?
उसको मुस्कान यति सुन्दर छ
रुपमा
गुणमा
समग्र मेरो सामथ्र्य छैन
बयान फितलो हुन्छ ।
उसको
रुपको मोहमा
उसको
गुणको मोहमा
मोहित म
समर्पण गर्न चाहन्छु
मेरो हृदयको कोपिलामात्र होइन
आँखाभरि फक्रिएको फूलको सुवास
सुस्त हावाको स्पर्श
निलो गगन
निलो सागरमा नछचल्किएको गहिराइ
र गोधुंलीको क्षितिज ।
एकोहोरो अटाएर
सुम्पन चाहन्छु उसलाई
सदाबहार हृदयको फूलवारी ।
हो !
छाती फोडेर
पीडा थपेर छोडेपनि
घाउहरुमा नुनचुक छरेर
ऐँजेरु रोपेर गएपनि
म खपेरनै सहन्छु
तिम्रो मोहपासको बन्धन
जतिसुकै कठिन भएर बाँधियोस्
श्रद्धा अतुल्य छ
अमुल्य छ ।
प्रियघाम
अँध्यारा खोंचहरूमा पनि
तिम्रो आभा छरेर
जीवनको अन्तिम कालखण्डसम्म
त्यसरी नै मुस्कान छरेर
हाँसीखुशी राखिदेउ है उसलाई ।
उसको अनुहारको सगरमाथा
कहिल्यै कालो नहोस् ।।
वि.सं.२०७६ असार २१ शनिवार ०७:५९ मा प्रकाशित




























