back

एनआरएनए अष्ट्रियाको महासचिवमा भवानी तिवारीको उम्मेदवारी

वि.सं.२०७६ असार २१ शनिवार

408 

shares
GLOBAL IME AD
NTC AD

गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रियाको महासचिवमा भवानी तिवारीले उम्मेदवारी दिएकी छन् ।

एनआरएनए अष्ट्रियाकी महिला संयोजक रहेर संस्थामा सक्रिय रुपमा काम गरेकी तिवारीले आगामी २०१९–०२१ का लागि महासचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘अष्ट्रियामा बसोबास गर्ने नेपालीहरुको सामाजिक, सांस्कृतिक बिकास र संघलाई अझ सुदृढ र संगठित बनाउने उदेश्यका साथ तपाँईहरुको माझमा २०१९–२०२१ कार्यकालको निम्ति उम्मेदवारको रुपमा उपस्थित भएकी छु ।’ महासचिवमा आफ्नो उम्मेदवारी घोषणा गर्दै तिवारीले भनेकी छन् ।

महासचिवमा आफ्नो उम्मदेवारी घोषणाका गर्दैै तिवारीले भनेकी छन् ‘सन् २०१२ मा अष्ट्रिया प्रवेश गरेदेखि नै स–परिवार भियन्नामा बस्दै आएकी छु भन्ने यहाँहरुलाई अवगत भएकै कुरो हो । सानै उमेर देखि सामाजिक गतिविधिहरुमा अत्यधिक चासो बोकेकी म अष्ट्रियाको हाम्रो सानो र सुन्दर समाजको सामाजिक गतिविधिहरुमा शुरुवाती दिनहरुदेखिनै प्रत्यक्ष,अप्रत्यक्ष सहभागी रहँदै आएकी थिएँ । गत २०१७ मा मलाई एनआरएनए अष्ट्रियाको महिला संयोजकको रुपमा यहाँहरुले निर्विरोध निर्वा्चित गरि समाज सेवा गर्ने मेरो असिम चाहनाको लागि मार्ग खोलिदिनुभएको भुलेकी छैन । आफ्नो जिम्मेवारी निभाउने क्रममा मलाई यहाँहरुको सदैव साथ र सहयोग रहँदै आएको छ । २०१७–२०१९ कार्यकालमा यहाँहरुबाट प्राप्त सहयोग र हौसलाले मलाई गैरआवासीय नेपाली संघमा आवद्ध रही पुन काम गर्ने प्रेरणा मिलेको छ ।
अष्ट्रियामा बसोबास गर्ने नेपालीहरुको सामाजिक, सांस्कृतिक बिकास र संघलाई अझ सुदृढ र संगठित बनाउने उदेश्यका साथ तपाँईहरुको माझमा २०१९–२०२१ कार्यकालको निम्ति उम्मेदवारको रुपमा उपस्थित भएकी छु ।

निस्वार्थ र सकारात्मक काम गर्ने भावनामा यहाँहरुको सधैं सहयोग र विश्वास रहने आशाको साथ आगामी दिनमा ल्च्ल्ब् को विधी र विधानको परिधीमा रही अष्ट्रियाबासी गैरआवासीय नेपालीहरुको हितमा सशक्त भएर लाग्ने प्रतिवद्धता जाहेर गर्दै NRNA अष्ट्रियाको आउँदो २ वर्षे कार्यकालको निम्ति महासचिवको रुपमा जिम्मेवारी सम्हाल्ने मेरो चाहना रहेको जानकारी गराउँदछु । आशा गरेकी छु मेरो यो निर्णयमा यहाँहरुको साथ पाउने छु र आफ्नो अमूल्य मत दिई मलाई आफ्नो भिजन पूर्णरुपमा प्रयोग गर्ने र अष्ट्रियाबासी नेपालीहरुको भलाईको निम्ति काम गर्ने अवसर पुन प्रदान गर्नु हुनेछ ।

आउँदो कार्यकालमा निम्न कार्यहरु गर्ने मेरो प्रयास रहने छ यद्दपि त्यतिमा नै सिमित रहने भने छैन ।

१-संघको दुई बर्षे कार्ययोजना बनाई NRNA अष्ट्रियालाई विश्व एनआरएनए जगतमा एउटा संगठित र मजबुत एनसीसीको रुपमा चिनाउने खालका कार्यक्रमहरुको आयोजना गर्ने ।

२-NRNA-ICC  ले अघि बढाएको SKI (Skill Knowledge and Innovation) प्रोजेक्ट–शिप, ज्ञान र नवीनता) दुरगामी प्रोजेक्ट हो । यो प्रोजेक्टले निश्चयनै हाम्रो देश नेपाललाई कालान्तरमा फाइदा पुर्याउने छ । हाम्रो कर्मथलो अष्ट्रियामा पनि गैर आवासीय नेपालीहरु माँझ यस्ता बिज्ञहरुको पहिचान गरि वहाँहरुको शिप र ज्ञानलाइ नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा सहयोगीको रुपमा प्रयोगमा ल्याउन NRNA-ICC मार्फत समन्वयकारी भूमिका खेल्ने सक्दो प्रयास मेरो रहने छ ।

३-स्थानीय स्तरमा भैपरी आउने समस्या साथै अप्रत्यासित घटनाहरुको अवस्थामा पीडितलाई तुरुन्तै राहत प्रदान गर्न सक्ने गरी अन्य नेपाली सामाजिक संघ संस्था र अष्ट्रियाका अन्य संघ संस्था र निकायहरुसँग समन्वय गरी एनआरएनएको आफ्नै अक्षय कोषको स्थापना गर्ने र यसलाई संचालन र बिकसित गर्न नियमावली बनाई नेपालीहरुको भलाईको निम्ति प्रयोग गर्ने ।

४-रोजगारी हाम्रो परम आवश्यकता हो । प्रतिष्ठित नेपाली लगानीकर्ताहरुले युरोपको बिभिन्न देशहरुमा लगानी गरि ब्यापार व्यवसाय गरि रहेका छन् र प्रत्यक्षरुपमा नेपालीहरुलाई रोजगार प्रदान गरेका छन् । तर, अष्ट्रिया अहिलेसम्म वहाँहरुको नजरमा पर्न सकेको छैन र वहाँहरुलाई अष्ट्रियामा लगानी गर्न प्रोत्साहित गरि नेपालीहरुलाई लाभान्वित गराउने मेरो हर प्रयास रहने छ ।

५- महिला फोरम अष्ट्रिया संगठित रुपमा अघि बढिरहेको र विश्व एनआरएनए जगतमा छुट्टै छाप बनाउन सफल भएको यहाँहरुलाई अवगत भएकै हो । नव निर्वाचित हुने महिला संयोजक र सह(संयोजकसँग समन्वय गर्ने र अझ सक्रिय रुपमा महिला फोरमको गतिविधिहरु संचालन गर्न मेरो हर सहयोग रहने छ ।

६ -अष्ट्रियाबासी नेपाली युवाहरुलाई सक्रिय बनाउने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिने । यसको निम्ति नव निर्वा्चित हुने युवा संयोजक र सहसंयोजक संग समन्वय गरि कार्य तर्जुमा गर्ने ।

७- दोश्रो पुस्ता एनआरएनए (वालवालिका ) हरुलाई नेपालसँग जोडी राख्ने खालका कार्यक्रमहरु जस्तै भाषा, साहित्य, कला, संस्कृति लगायत खेलकुदमा प्रोत्साहित गर्ने कार्यक्रमहरुको आयोजना गर्ने ।

८ -अष्ट्रियामा गठन भएका क्षेत्रीय समन्वय परिषदहरु LCC सँग निरन्तर समन्वयमा रहने र क्षेत्रीय स्तरमा पनि गतिविधिहरु सक्रिय रुपमा अघि बढाउने ।

९–राष्ट्रिय तथा अन्तरराष्ट्रिय समन्वय परिषदसँग निरन्तर सहकार्य गरी संघको ’’नेपालीको लागि नेपाली’’ भन्ने उद्देश्य प्राप्तीमा सहयोग गर्न भूमिका खेल्ने यसको वावजुद यहाँहरुको सल्लाह सुझावको निम्ति सदैव मेरो अपेक्षा रहने छ र यहाँहरुबाट प्राप्त सल्लाह सुझावहरुको आधारमा कार्ययोजना बनाई त्यसलाई संघको योजनामा परिणत गर्ने मेरो प्रयास रहने छ ।’ धन्यवाद

भवानी तिवारी

Candidate for GENERAL SECRETARY

NRNA-NCC Austria – 2019 -2021

 

वि.सं.२०७६ असार २१ शनिवार १३:२९ मा प्रकाशित

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक...

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ...

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

उडसाईड न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन (जिपीके फाउन्डेशन) अमेरीका च्याप्टरले स्वर्गीय...

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

कोपनहेगन, डेनमार्क। जनसम्पर्क समिति डेनमार्कले डेनमार्कका लागि नवनियुक्त राजदूत सुम्निमा...

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...