back

यस्तो रहेछ करोडौ युवाको मनमा घर बनाएकी आलियाको सुन्दरताको राज

वि.सं.२०७६ असार २१ शनिवार

837 

shares

बलिउडमा सुन्दर, अनि स्लीम नायिकाको रुपमा युवाहरुको माझमा छाएकी नायिका आलिया भट्ट सुन्दर रहनका लागि आफ्नो फिटनेशमा निकै ख्याल राख्छिन् ।

भारतीय फिल्म निर्देशककी महेश भट्टकी छोरी आलिया भट्टले सन् २०१२ मा कमेडी फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा आफ्नो यात्रा सुरु गरेकी थिइन् । त्यस्तै चर्चित फिल्म बद्री नाथकी दुल्हनिया, सन् २०१८ मा रिलिज भएको उनी अभिनित महिला प्रधान फिल्म ‘राजी’ पछि उनी चर्चाको शिखरमा पुगेकी हुन् । उक्त फिल्मले १ अरब भन्दा बढी भारु आम्दानी गरेको बताइन्छ ।

त्यस्तै भारतीय फिल्म क्षेत्रका बादशाह मानिने एक समयका चर्चित नायक अभिताभ बच्चन र नायिका माधुरी दिक्षीतसँगको उनको अभिनय रहेको ‘कलंक’ फिल्मले पनि उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।
आलियाका करोडौं फ्यान छन् । ती करोडौ फ्यानको मनमा बस्न सफल २६ वर्षीया सुन्दरी नायिकाले आफ्नो सुन्दरताको लागि के गर्छिन् त आउनुहोस् जानौं ।
फिल्ममा प्रवेश गर्नुभन्दा पहिले आलियाले १६ किलो वजन घटाएकी थिइन् भने १८ वर्षको उमेरबाट नै आलियाले एक्सरसाइज सुरु गरेकी थिइन् ।
आलियाले सधै फिट रहनका लागि एक्सरसाइज मात्र नभएर खानमा पनि ध्यान दिन्छीन् । उनले ब्रेकफास्टमा ताजा फलफूल, फलफूलको जुश,अन्डाको सेतो भाग लगायतका हल्का खानेकुरा बिहानको नास्तामा खान मनपराउछीन् ।

त्यस्तै दिउसोको खाजामा उनी दाल, रोटि र तरकारी खान्छिन् । तर, उनी सधैभरी एउटै त्यहि चिजमात्र खादिनन् । उनको खाना पनि धेरै हल्का हुन्छ ।

दिउसो भोक लाग्दा इडली सांभर खान्छिन् । त्यो भारतको चर्चित खाना हो । आलिया आफूलाई यस्तो खानेकुरा मनपर्ने बताउँछिन् । उनका अनुसार बिहानको नास्ता र दिउँसोको खानामा हल्का खानेकुरा खाएमा धेरै खानबाट बचिन्छ ।

त्यस्तै रातिको खानामा आलिया तरकारी, दाल, रोटी र चिकेन ब्रेस्ट खान मनपराउछिन् । आलिया खानमा बढी पानी पिउन मन पराउँछीन् । उनका अनुसार भोक लाग्नासाथ पानी पिउँदा कम खाने सम्भावना हुन्छ ।

वि.सं.२०७६ असार २१ शनिवार १३:४२ मा प्रकाशित

Himalayan Life AD
दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

https://www.youtube.com/watch?v=SsMOvIBgukI काठमाडौँ । लोकप्रिय गायक दीपक घर्ती मगरको नयाँ गीत...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

काठमाडाैँ । जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत...

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको...