
बलिउडमा सुन्दर, अनि स्लीम नायिकाको रुपमा युवाहरुको माझमा छाएकी नायिका आलिया भट्ट सुन्दर रहनका लागि आफ्नो फिटनेशमा निकै ख्याल राख्छिन् ।
भारतीय फिल्म निर्देशककी महेश भट्टकी छोरी आलिया भट्टले सन् २०१२ मा कमेडी फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा आफ्नो यात्रा सुरु गरेकी थिइन् । त्यस्तै चर्चित फिल्म बद्री नाथकी दुल्हनिया, सन् २०१८ मा रिलिज भएको उनी अभिनित महिला प्रधान फिल्म ‘राजी’ पछि उनी चर्चाको शिखरमा पुगेकी हुन् । उक्त फिल्मले १ अरब भन्दा बढी भारु आम्दानी गरेको बताइन्छ ।
त्यस्तै भारतीय फिल्म क्षेत्रका बादशाह मानिने एक समयका चर्चित नायक अभिताभ बच्चन र नायिका माधुरी दिक्षीतसँगको उनको अभिनय रहेको ‘कलंक’ फिल्मले पनि उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।
आलियाका करोडौं फ्यान छन् । ती करोडौ फ्यानको मनमा बस्न सफल २६ वर्षीया सुन्दरी नायिकाले आफ्नो सुन्दरताको लागि के गर्छिन् त आउनुहोस् जानौं ।
फिल्ममा प्रवेश गर्नुभन्दा पहिले आलियाले १६ किलो वजन घटाएकी थिइन् भने १८ वर्षको उमेरबाट नै आलियाले एक्सरसाइज सुरु गरेकी थिइन् ।
आलियाले सधै फिट रहनका लागि एक्सरसाइज मात्र नभएर खानमा पनि ध्यान दिन्छीन् । उनले ब्रेकफास्टमा ताजा फलफूल, फलफूलको जुश,अन्डाको सेतो भाग लगायतका हल्का खानेकुरा बिहानको नास्तामा खान मनपराउछीन् ।
त्यस्तै दिउसोको खाजामा उनी दाल, रोटि र तरकारी खान्छिन् । तर, उनी सधैभरी एउटै त्यहि चिजमात्र खादिनन् । उनको खाना पनि धेरै हल्का हुन्छ ।
दिउसो भोक लाग्दा इडली सांभर खान्छिन् । त्यो भारतको चर्चित खाना हो । आलिया आफूलाई यस्तो खानेकुरा मनपर्ने बताउँछिन् । उनका अनुसार बिहानको नास्ता र दिउँसोको खानामा हल्का खानेकुरा खाएमा धेरै खानबाट बचिन्छ ।
त्यस्तै रातिको खानामा आलिया तरकारी, दाल, रोटी र चिकेन ब्रेस्ट खान मनपराउछिन् । आलिया खानमा बढी पानी पिउन मन पराउँछीन् । उनका अनुसार भोक लाग्नासाथ पानी पिउँदा कम खाने सम्भावना हुन्छ ।
वि.सं.२०७६ असार २१ शनिवार १३:४२ मा प्रकाशित