back

नेपाल टेलिकमले ल्यायो समर अफर

वि.सं.२०७६ असार २१ शनिवार

525 

shares
GLOBAL IME AD
NTC AD

२७ असार ।नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई भारी छुटको अवसर प्रदान गरेको छ।

यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने अवसर प्रदान गरेको हो ।

यस अन्तर्गत पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेट कम्पनीका मोबाइल तथा टेलिफोनमा कुरा गर्न सकिने छ । यसैगरी सोही रकममै एकसय मिनेटसम्म कम्पनी बाहिरका अन्य राष्ट्रिय सेवा प्रदायक कम्पनीका मोबाइल वा टेलिफोनमा पनि कुरा गर्न सकिने छ ।

यही छुटमा एक महिनासम्म ५ सय एमबी डाटा प्रयोग गर्न पाउनुको साथै १ सयवटा सन्देश समेत पठाउन सकिन्छ । त्यस्तै पोष्टपेड मोबाइल प्रयोगकर्ताले मासिक ८ सय रुपैयाँ प्याकेजको छुट योजनामा सामेल भई ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पाउने छन्।

यसमा १ जिबी बराबरको इन्टरनेट प्रयोगमा ल्याउन र २ सयवटा सन्देश पठाउन सकिने छ । यसैगरी १२ सय रुपैयाँको मासिक छुटमा सामेल हुँदा १ हजार मिनेट कम्पनीका मोबाइल वा टेलिफोनमा र १ सय ५० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल तथा फोनमा कुराकानी गर्न पाइने छ ।

यस छुट योजनामा २ जिबी ५ सय एमबी डाटा प्रयोग गर्नुका साथै ३ सयवटा सन्देश आदानप्रदान गर्न सकिने छ । यसैगरी संस्थागत ग्राहक समूह ९सीयुजी० छुट योजनामा पनि भारी छुटको व्यवस्था कम्पनीले गरेको छ ।

यस समूहमा आबद्ध हुने ग्राहकले समूहभित्र असीमित ९जति पनि० कुराकानी गर्न पाउने सुविधा छ । मासिक २ सय रुपैयाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट सीयुजी समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन्।

यसअघि जम्मा ६५ मिनेट मात्र कुराकानी गर्न सकिने सुविधा थियो । यसपटक कम्पनीले २ सय रुपैयाँबाटै कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने सुविधा थप गरेको छ ।

यसैगरी यही सेवा अन्तर्गत मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा सन्देश पनि पठाउन सकिने छ । त्यस्तै प्रिपेड वा पोष्टपेड दुवै मोबाइलमा ४ सय रुपैयाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबिको इन्टरनेट र १ सय वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिन्छ ।

साथै २० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पनि सकिने छ । त्यस्तै ७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा कम्पनीकै समूह बाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न पाइने सुविधा प्रदान गरिएको छ ।

१ हजार रुपैयाँमा ५ सय ५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ ।

यसैगरी १३ सयको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने छ।

वि.सं.२०७६ असार २१ शनिवार १५:२० मा प्रकाशित

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

कलैया (बारा) । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई...

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...