२४ असार, काठमाडौँ । चालू आर्थिक वर्षको पछिल्लो १५ दिन (असार १५ ) देखि मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजन पूरै रकम रित्याउने गरी खर्च गर्न सुरु गरेका छन् ।
विगत वर्षहरुमा जस्तै यो वर्ष पनि कार्यालय प्रमुख, लेखा, स्टोर, प्रशासन र प्राविधिक कर्मचारीबीचको मिलेमतोमा चालू बजेटमा विनियोजित अर्बाैँ रुपैयाँ दोहन सुरु गरिएको हो । आइतबार (असार२२) मा एकैदिन ६ अर्ब ९ करोड रुपैयाँ चालू खर्चअन्तर्गत भुक्तानी दिएको छ ।
सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ सय ३० दिन (असार १) सम्म चालू खर्च दैनिक औसतमा एक अर्ब ८४ करोड रुपैयाँका दरले भएको थियो । तर, १५ पछिको सात दिनमा भने यो खर्च दैनिक औसतमा सबा ३ अर्ब रुपैयाँका दरले भइरहेको छ । मंगलबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ असार २४ मंगलवार ०७:३८ मा प्रकाशित