२४ असार , विराटनगर । विराटनगर भन्सार कार्यालय । आइतबार बिहान ९ः५० बजे । भन्सार राजश्व बुझाउन र सवारी साधनको अस्थायी पैठारी अनुमतिपत्र लिन खचाखच सेवाग्राही । भीडमा सेवाग्राहीभन्दा बिचौलिया बढी छन् ।
सबा १० मा राजस्व बुझाउने काउन्टरमा एक कर्मचारी छिरे । राजस्व तिर्न फाराम भर्ने कर्मचारी नहुँदा सेवाग्राही अलमलमा परेका थिए । ठुला व्यापारीको राजस्व बुझाउन फाराम भरेर सलबलाइरहेका बिचौलियाको काम फटाफट भयो ।
फाराम भर्न लेख्न नजान्ने सेवाग्राहीचाहिँ कर्मचारी नआउँदा घन्टौं पर्खिरहे । उनीहरुको काम ११ बजे फाराम फाँटमा छिरेका कर्मचारीबाट बल्ल सुरु भयो । बिचौलिया आफैंले फाराम भरे र राजस्व बुझाए । कर्मचारी भने आङ तान्दै र मोबाइल चलाउँदै थिए । उनीहरुबाट फाट्टफुट्ट पुग्ने पोके व्यापारीको फाराम भर्ने फाँटका कर्मचारी फुर्सदिला भेटिए । उनीहरुले एजेन्टका लागि भर्ने फाराम र विवरण टिप्ने खाता बाहिर राखेर आरामसँग दिन बिताए । मंगलबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ असार २४ मंगलवार ०८:३२ मा प्रकाशित




























