back

अमेरिका पुगेका मुख्यमन्त्री राईले भने-‘तपाईहरुलाई स्वागत गर्न देश आतुर छ’

वि.सं.२०७६ असार २४ मंगलवार

315 

shares
GLOBAL IME AD
NTC AD

अमेरिका भ्रमणमा रहेका मुख्यमन्त्री शेरधन राईले नेपाली सम्मेलनको उद्घाटन गरेका छन् ।

बाल्टिमोरमा जुलाई ५–७ सम्म संचालनमा रहेको नेपाली राष्ट्रिय सम्मेलनका प्रमुखअतिथि प्रदेश नं १ का मुख्यमन्त्री राईले सम्मेलनमा सहभागीहरुलाई सम्बोधन गर्दै देशलाई प्राविधिक जनशक्ति र योजनाकारहरुको खाचो रहेको बताएका छन् । उनले यस्ता जनशक्तिलाई स्वागत गर्न देश आतुर रहेको समेत बताए ।

सोहि अवसरमा प्रमुख अतिथि राईले कार्यक्रममा सहभागी हुने मौका दिइएकोमा आयोजकलाई धन्यबाद दिदैं सम्मेलनले महत्वपूर्ण घोषणा पत्र जारी गर्ने छ र यस सम्मेलनले एकताको संदेश दिने छ भन्दै भन्ने शुभकामना व्यक्त गरेका थिए ।

मुख्यमन्त्री राईले पुर्खाहरुले गरेको बलिदान र त्यागको कारण नेपाल कहिले कसैको अधिनस्थ हुनु नपरेको, कोही संग झुक्नु नपरेको तथा कसैको उपनिवेस भएर बस्नु नपरेको बताएका थिए । उनले यतिबेला नेपाली जनता देशका मालिक भएको र मालिक हुन् सफल भएको पनि बताए । ‘सम्पूर्ण अधिकार जनताको हातमा निहित छ । यो कसैबाट प्राप्त नभई एकताको कारण प्राप्त भएको हो । यो उपलब्धि आपसी विश्वास समन्यव र सहकार्यबाट भएको र देशले प्राप्त गरेको नयाँ प्रणाली तिब्र गतिमा अघि बढी रहेकोले हामी बिस्तारै नतिजाहरु देख्न सक्छौ ।’ मुख्यमन्त्री राईले भने ।

उनले अमेरिकामा नेपालीहरुले मेहनत र दुख गरेर पैसा, ज्ञान शीप हासिल गरेको बताए । ‘देशको बिकासको लागि अब यहाँहरुले प्राप्त गर्नु भएका शिप, ज्ञान ,अनुभव र प्रविधिलाई नेपालमा भित्राउन खाँचो भएको छ । अमेरिकामा थुप्रै बिद्यावारिधि र अभियन्ताहरु रहेको र देशले यहाँहरुको सहयोगको अपेक्षा पनि गरेको छ ।’ मुख्यमन्त्री राईले भने, ‘यहाँहरु यसको नेतृत्व गरि दिनोस् हामी स्वागत गर्न चाहन्छौ । नेपालले ब्रेन गेन सेन्टर स्थापना गरेको छ । हामीले अङ्किय डेस्क तयार गरिसकेका छौं ।’

उनले अनलाइन (बिधुतिय शिक्षा ) र व्यबहारिक शिक्षाको सुरुवात गर्न चाहेको बताउँदै यसका लागि ईक्वालिटि फाउन्डेशनसँग सहकार्य गर्न लागेको बताउँदै त्यसको सुरुवात प्रदेश न १ बाट गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

उक्त सम्मेलनमा सम्मेलनका सभापति विजय श्रेष्ठ, राजदूत डा अर्जुन कुमार कार्की, एएनएका अध्यक्ष मेदिनी अधिकारी, बानाका अध्यक्ष सुबोध पन्त, अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली ,महाबाणिज्यदूत प्रेम राजा महत, नेपाली कांग्रेसका नेता एबम पूर्व मन्त्री दिपक गिरी, नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा राईनास नगरपालिकाका नगर प्रमुख सिंह बहादुर थापा ,नेपाली कांग्रेस महिला संघकी के्न्द्रीय सदस्य भद्रा भण्डारी, नागर्जुन नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत लगायत बिभिन्न विशिष्ट व्यक्तिहरु तथा स्विटजरल्याण्ड क्यानाडा, अमेरिकाका विभिन्न राज्यहबाट पनि सहभागिता रहेको थियो ।

प्रथम बालबालिका प्रतिभा प्रतियोगिताको बिजेताको घोषणा समेत गरिएको उक्त कार्यक्रम नेपाली राष्ट्रिय सम्मेलनका महासचिव तथा नेपाली राष्ट्रिय सम्मेलनका कार्यक्रम निर्देशक दिवाकर दाहालले सन्चालन गरेका थिए ।
अमेरिकन तथा नेपाली राष्ट्रिय गान बजाएर सुरुवात गरिएको उक्त कार्यक्रममा झाँकी प्रदर्शनमा लाखे नाँच पनि प्रस्तुत गरिएको थियो ।

वि.सं.२०७६ असार २४ मंगलवार ०९:२२ मा प्रकाशित

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

उडसाईड न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन (जिपीके फाउन्डेशन) अमेरीका च्याप्टरले स्वर्गीय...

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

कोपनहेगन, डेनमार्क। जनसम्पर्क समिति डेनमार्कले डेनमार्कका लागि नवनियुक्त राजदूत सुम्निमा...

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज्...

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा )...