back

यस्ता छन् एनआरएनएको सातौं एशिया प्रशान्त क्षेत्रीय बैठकका निर्णयहरु

वि.सं.२०७६ असार २४ मंगलवार

672 

shares

म्यानमारमा आयोजित गैरआवासीय नेपाली संघको सातौं एशिया प्रशान्त क्षेत्रीय बैठक तथा दोश्रो महिला बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
संघका क्षेत्रिय संयोजक किरण विक्रम थापाको सभापतित्व, म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री उ क्याउ तिनको प्रमुख आतिथ्यता, म्यानमारका लागि नेपाली राजदूत भिम उदास, प्रतिनिधिसभा सांसद डा. सूर्य पाठक, पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको विशेष आतिथ्यता, परराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल, संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो, पदाधिकारी, सल्लाहकार एवं अभियन्ताहरुको समुपस्थितिमा ७ जुलाई २०१९ मा म्यानमारको यांगुनमा सम्पन्न भएको छ ।

२३ देशका करिब २५० जना गैरआवासीय नेपालीहरुको सहभागिता रहेको उक्त बैठकले निम्न निर्णयहरु गरेको छ ।

यस्ता छन् बैठकले गरेका निर्णयहरु
१-बैठकको प्रमुख आतिथ्यता एवंम् नेपाली डायस्पोराको भूमिकाको उच्च कदर सहितको सारगर्भिक सम्बोधनका लागि यो बैठक म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री उ क्याउ तिनमा हार्दिक कृतज्ञता प्रकट गर्दछ । बैठकको आयोजनामा ठूलो सहयोग पुर्याउनु भएकोमा म्यानमारका लागि नेपाली राजदूत भिम उदास, श्रीमती रंजना उदास एवम नेपाली राजदूतावास परिवारप्रति यो बैठक हार्दिक आभार प्रकट गर्दछ । साथै बैठकमा पाल्नु भएका विशिष्ट अतिथिहरु प्रतिनिधि सभाका सांसद मा. डा. सूर्य पाठक, पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, परराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल लगायत समस्त अतिथिगणमा यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।

२ -बैठकले नेपाली मुलका विदेशी नागरिकहरुलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय गर्दछ । साथै नेपालको कला, संस्कृति, भाषा, रहनसहन सहितको आफ्नो पहिचान कायम राख्न म्यान्मारका नेपाली गोरखा समुदायको सफलताको यो बैठक उच्च सम्मान गर्दछ । यसवाट अरु देशमा रहेका नेपालीहरुले समेत धेरै सिक्न सक्ने संभावना रहेको यस बैठकको ठहर छ ।

३-मुलुकको विकासमा डायस्पोराको महत्वपूर्ण भूमिका रहने कुरालाई मनन गर्दै डायस्पोरालाई १–२ पुस्तामा मात्र सीमित नगरी गैरआवासीय नेपालीको परिभाषा भित्र नेपालबाट विदेशमा आई बसोबास गरेका व्यक्तिका संततिलाई समेट्न सक्ने गरी कानुनी व्यवस्था गर्न नेपाल सरकारलाई यो बैठक अनुरोध गर्दछ ।


४-नेपालको समृद्धिका लागि विदेशबाट सिकेको ज्ञान, सीप, आर्जित गरेको साधन श्रोत प्रयोग गर्ने वातावरण बनाउन निरन्तर प्रयास गर्ने प्रण यो बैठक गर्दछ । नेपालमा रु. १० अर्बको कोष भएको सामुहिक लगानी कंपनी सफल पार्न यो बैठक प्रतिबद्धता प्रकट गर्दछ । बैठकले नेपालको जलबिद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानी प्रवर्धन गर्ने निर्णय गर्दछ । साथै नेपाललाई मेडिकल टुरिजमको केन्द्रका रुपमा विकास गर्नका लागि आवश्यक नीतिगत सुधार गर्न नेपाल सरकार समक्ष बैठक अनुरोध गर्दछ ।

५-गौतम बुद्धको जन्मस्थान लुम्बिनीप्रति म्यानमारी जनताको अगाध आस्थाको मनन गर्दै म्यानमार लुम्बीनी सिधा हवाइ सम्पर्कको व्यवस्था गर्न दुवै सरकार एवं हवाइ कम्पनीहरुमा यो बैठक आव्हान गर्दछ ।

६- आधा आकाश ओगटेको महिलाहरुको शसक्तिकरण बिना मुलुकको समृद्धि र गैरआवासीय नेपाली अभियानको सफलता संभव छैन । यो बैठक अभियानमा महिलाहरुको सहभागिता अभिबृद्धि गर्ने कार्यमा तत्परताका साथ लाग्ने प्रण गर्दछ ।

७- युवाहरु अभियानको वर्तमान र भविष्यका निर्धारणकर्ता हुन् । गैरआवासीय युवाहरुलाई नेपालको समृद्धि अभियानमा जोड्नु अति आवश्यक भएको यो बैठक महशुस गर्दछ । जुन सुकै मुलुकमा भएपनि नेपाली समुदायको व्यक्तिको सफलताले संपुर्ण नेपाल र नेपालीको मान सम्मान बढाउंदछ । युवाहरुलाई अभियानमा सामेल गराउनका लागि युवाको चासोका विषयहरु संघका गतिविधिमा समावेश गर्न र संघका आगामी सम्मेलन तथा बैठकहरुमा युवाका चासोका बिषयहरु समावेस गर्ने यो बैठक निर्णय गर्दछ ।

८- नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डायस्पोराको भूमिका महत्वपूर्ण छ । संसारको पर्यटन बजारमा ख्ष्कष्त या ँचष्भलमक बलम च्भबितष्खभक एक महत्वपूर्ण अंश हो । यो बैठक धेरै भन्दा धेरै गैरआवासीय नेपालीहरुलाई नेपाल भ्रमण गर्न र आफ्नो साथी र छिमेकीहरुलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्नको लागि आह्वान गर्दछ ।

९ -विदेशमा गएका नेपालीहरु कुनै दुर्घटनामा परि फर्कनु पर्दा वा कुनै पनि कारणवस मृत्यु भएमा पार्थिव शरिर फर्काउनु पर्दा धेरै कठिनायी आउने गरेका छन् । त्यस्तो अप्ठेरो अवस्थामा प्रयोग हुने गरी अनिवार्य बीमाको व्यवस्था गर्न यो बैठक सरकार समक्ष आह्वान गर्दछ ।

१०-डायस्पोरा नेपाली कुटनीतिको ठूलो संवाहक बन्न सक्तछ । नेपालको समृद्धिको लागि अब नेपालले डायस्पोरा कुटनीति अपनाउनु पर्ने धारणा यो बैठक व्यक्त गर्दछ ।

११-बैठकले आगामी एशिया प्रशान्त क्षेत्रीय बैठक चीनमा र त्यसपछिको बैठक कोरियामा गर्ने समेत निर्णय गरेको छ ।

१२-यो बैठक सफलतापूर्वक संपन्न गर्न बैठकको आतिथ्यता गर्ने राष्ट्रिय समन्वय परिषद म्यानमार प्रति आभार प्रकट गर्दछ । साथै सम्मेलन को सफलताका लागि खटिने संघका सदस्य र नेपाली समुदायको यो बैठक सम्मान गर्दछ ।

एसिया प्सासिफिककी महिला संयोजक जुनु गुरुङले बैठकका बारेमा संसारन्युजसँग कुरा गर्दै सातौं एशिया प्रशान्त क्षेत्रिय बैठक तथा दोश्रो महिला बैठक भव्य एवम् सभ्य रुपमा सम्पन्न गराउन सफल भएको बताइन् । उनले एसिया प्यासिफिक क्षेत्रमा रहेका एनआरएनएभित्रका महिलामात्र नभएर संघमा आवद्ध नभएका अन्य नेपाली महिला दिदी बहिनीहरुको हकहितका लागि आफूहरु सक्रिय भएर लाग्ने पनि बताइन् ।

वि.सं.२०७६ असार २४ मंगलवार ०९:५९ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...