back

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

वि.सं.२०७६ असार २४ मंगलवार

4.2K 

shares

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि,मूल्य र कार्यसम्पादन गर्न सक्ने तत्परता जस्ता पक्षहरुको विकास हुनुपर्छ ।

विभिन्न देशहरुले शिक्षकमा हुनुपर्ने सक्षमताहरु निर्धाण गरेको परिपेक्षमा नेपालमा पनि विं. २०७२ सालमा शिक्षक सक्षमताको प्रारुप २०७२ तयार गरी जारी गरिएको छ । उक्त प्रारुपमा विषयवस्तुको ज्ञान, सञ्चार र सहकार्य, पेसागत विकास र निरन्तर सिकाइ पेसागत आचरण तथा सूचना तथा सञ्चार प्रविधि गरी जम्मा ८ ओटा सक्षमताहरु निर्धारण गरिएको छ ।
यीनै सक्षमताहरुलाई आधार मानी अध्यापन अनुमतिपत्रको नयाँ विषयगत पाठ्यक्रम,२०७५ विकास भई सोहीबमोजिम लिइएको परीक्षाबाट न्यूनतम सक्षमता हासिल गरेका व्यक्तिलाई प्रमाणीकरण गरी शिक्षण पेसामा प्रवेश गराउने उद्देश्य अध्यापन अनुमतिपत्रको पाठ्यक्रमले लिएको छ ।

अब लागौं यतातिर

शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल््याउने गरेका छौँ र आज माध्यामिक र निम्नमाध्यामिक तहका नेपाली विषयका लागि उपयोगी हुने नमुना बहुवैकल्पिक वस्तुगत प्रश्न लिएर आएका छौँ । नेपाली विषयको शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु लिएर आएका छौं । यी हुन् नेपाली विषयको शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही नमुना वस्तुगत सम्भावित प्रश्नहरु ।

नमुना वस्तुगत प्रश्नोत्तर
तह  –     माध्यामिक                             पूर्णाङ्क –  ४०
विषय –  नेपाली

समूह “क”

१. गुरुप्रसाद मैनालीद्वारा लिखित ‘नासो’ कथासङ्ग्रहको प्रकाशन कहिले भएको हो ?

क. वि.स. १९९१      ख. वि.सं. १९९२

ग. वि.सं. २०२०       घ. वि.सं. २०२२

२. साहित्यका प्रमुख चार विधाहरु के–के हुन् ?

क. कविता , आख्यान,निबन्ध र नाटक     ख. कविता, कथा,नाटक र निबन्ध

ग. आख्यान निबन्ध,प्रबन्ध र एकाङ्की    घ. कविता , आख्यान,प्रबन्ध र नाटक

३. ‘कविको लेखनीमा साक्षात् भएर ब्युँझिने कल्पना कविता हो’ यो भनाई कसको हो ?
क. माधवप्रसाद घिमिरे               ख. सेक्सपियर
ग. पारसमणि प्रधान             घ. कलरिज

४. स्वचालित तथा अमूर्त लेखन कुन धाराको मुख्य प्रवत्ति हो ?

क. एतिहासिक यथार्थवादी धारा ख. सामाजिक यथार्थवादी धारा

ग. अतियथार्थवादी धारा      घ. मनोविश्लेषणात्मक धारा

५ं फयडले साहित्यको हेतु केलाई मानेका छन् ?
क. दैवीप्रेरणा    ख. वासनाको दमन
ग. अध्ययन     घ. चिन्तन

६. साहित्यमा रस उत्पत्ति हुनको लागि कुन कुन कुराको आवश्यकता पर्दछ ,
क. विभाव र अनुभाव        ख. व्यभिचारी भाव
ग. स्थायी भाव            घ. माथिका सबै

७.तलको कवितांशमा कुन रसको प्रयोग भएको पाइन्छ ?
तँ होस् मेरो शत्रु भनी रिसले चुर हुँदै ।
सम्झिँदै शत्रुको अपमान हिड्छ कैले रुँदै ।।
छैन उसको मनमा दया अलिकति पनि ।
दाह्रा टोकी खुकुरी बोकी हिड्छ मार्छु भनी ।।–कृष्णप्रसाद सुवेदी

क. रौद्र             ख. शान्त
ग. भयानक        घ. अद्भूत

८. तलको कवितांशमा कुन अलङ्कारको प्रयोग भएको छ ?
नाट्यशाला छ आकास नाचने बिजुली नटी ।
ताल दिन्छ तबल्ची भै मेघ धाकिटि धाकिटि ।। –लेखनाथ पोड्याल

क. अनुप्रास            ख. रूपक
ग. वक्रोक्ति              घ. उपमा

९. व्याकरणको सुरुवात कुन भाषिक एकाइबाट हुन्छ ?
क. रूप          ख. शब्द
ग. पदावली        घ. वाक्य

१०. तालव्य व्यञ्जन वर्ण कुन होइन ?
क्. प्          ख. च्
ग. य्            घ. ह्

११. महाप्राण व्यञ्जन वर्ण कुन हो ?
क. छ्       ख. ढ्

ग. ह्          घ. त्

१२. कृष्ण विद्यार्थी हो । यो वाक्यमा विद्यार्थी के को भूमिकामा प्रयोग भएको छ ?
क. कर्ता        ख. कर्म
ग. पूरक         घ. क्रिया

१३. शब्द वाक्यमा प्रयोग हुँदा………………… बन्दछन् ।

क. वाक्य          ख. पद
ग. पदावली       घ. उपवाक्य

१४. शब्दनिर्माण प्रक्रियाबाट बनेका शब्दलाई के भनिन्छ ?

क. मूल शब्द       ख. व्युत्पन्न शब्द
ग. आगन्तुक शब्द      घ. तत्सम शब्द

१५. निश्चित सङ्ख्यावाचक विशेषण शब्द र समूह जनाउने शब्द मिली एउटै शब्द बन्ने प्रक्रिया …….. समास हो ।
क. अव्ययीभाव          ख. द्विगु
ग. तत्पुरुष             घ. कर्मधारय

१६. अनुकरणात्मक शब्दहरुले क्रियाको ……..बोध गराउँदछन् ।
क. विशेषता         ख. मात्रा
ग. स्वभाव        घ. परिचय

१७. तलको कवितांशमा कुन पदक्रमको प्रयोग भएको छ ?
हुँदैन बिहान मिर्मिरेमा ताराझरेर नगए ।
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।।

क. सामान्य         ख. आलङ्कारिक
ग. व्याकरणिक     घ. पदसङ्गति

१८. सुवासले खुकुरीले खसी ढलायो । यहाँ खुकुरी कुन कारक हो ?
क. कर्ता      ख. कर्म
ग. करण       घ. सम्प्रदान

१९. छोराछारी कस्तो समास हो ?
क. समस्त      ख. द्विरुक्त
ग. कृदन्त      घ. स्वतन्त्र

२०. विशेषत वर्णहरुको निर्धारण कुन सिद्धान्तका आधारमा गरिन्छ ?
क. व्यतिरेकी वितरण     ख. मुक्त परिवर्तन
ग. परिपूरक वितरण       घ. तटस्थीकरण

२१. दसजना लेखकद्वारा लेखिएको उपन्यासको नाम के हो ?
क. आकास विभाजित छ (२०३१)     ख. साविती (२०३२)

ग. अवतार विघटन (२०४०)         घ. वकपत्र (२०४६)

२२. नाटकका पञ्चसन्धि अन्तर्गत के के पर्दछ ?
क. मुख,प्रतिमुख, गर्भ, विमर्श, निर्वहन            ख. बीज,विन्दु,पताका,प्रकरी,कार्य
ग. आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति, फलागम        घ. कुनै पनि होइनन्

२३. फ्रायडले साहित्यको हेतु केलाई मानेका छन् ?
क. दैवीप्रेरणा      ख. वासनाको दमन
ग. अध्ययन         घ. चिन्तन

२४. साहित्यमा रस उत्पत्ति हुनका लागि कुन कुन कुराको आवश्यकता पर्दछ ?
क. विभाव र अनुभाव       ख. व्यभिचारी भाव
ग. स्थायी भाव        घ.माथिका सबै

२५. तलको कविताशंमा कुन रसको प्रयोग भएको पाइन्छ ?
तँ होस् मेरो शत्रु भनी रिसले चुर हुदैँ ।
सम्झिँदै शत्रुको अपमान हिड्छ कैले रूँदै ।।
छैन उसको मनमा दया अलिकति पनि ।
दाह्रा टोकी खुकुरी बोकी हिड्छ मार्छु भनी ।। –कुष्णप्रसाद सुवेदी
क. रौद्र    ख. शान्त

ग. भयानक     घ. अद्भुत

२६. तलका कवितांशमा कुन अलङ्कारको प्रयोग भएको छ ?
नाट्यशाला छ आकाश नाचने बिजुुली नटी ।
ताल दिन्छ तबल्ची भै मेघ धाकिटि धाकिटि ।। –लेखनाथ पौड्याल

क. अनुप्रास         ख. रूपक
ग. वक्रोक्ति      घ. उपमा

२७. ‘सूक्तिसिन्धु’(१९७४) माथि कहिले प्रतिबन्ध लाग्यो ?

क. वि.सं. १९७४     ख. वि.सं. १९७५
ग. वि.सं. १९७३      घ. वि.सं. १९७२

२८. मिथकीय धाराको पहिलो कृति कुन हो ?
क. माधवी       ख. त्रिदेवी
ग. सुम्निमा     घ. मोदिआइन

२९. वक्ता श्रोत्ता बन्ने र श्रोत्ता वक्ता बन्ने भाषिक गुणलाई के भनिन्छ ?
क. व्यवस्थाहरुको व्यवस्था        ख. भाषिक विशिष्टीकरण
ग. भाषिक सिर्जनशीलता          घ.अन्तर्विनिमय योग्यता

३०. दुई वा दुई भन्दा बढी भाषका ध्वनि, रुप,शब्द, वाक्य, अर्थ आदि पक्षको तुलना गर्ने भाषिक अध्ययनको पद्धतिलाई के भनिन्छ ?

क. ऐतिहासिकता        ख. तुलनात्मकता
ग. परिवर्तनशीलता      घ. वर्णनात्मकता

३१. प्राकृत भाषाको मुख्य समय कुन हो ?
क. ई.पू. ५०० देखि ई.११०० सम्म ख. ई.पू. ५५० देखि ई.१००० सम्म

ग. ई. पू. ५०० देखि ई.१००० सम्म   घ. ई.पू. ५०० देखि ई. १०५० सम्म

३२. अनुच्छेदलाई चिनाउने सही भनाई कुन हो ?
क. कम भन्दा कम वाक्य समूहबाट निर्मित रचना  ख. एक आपसमा शृङ्खलित रचना

ग. तर्कपूर्ण रूपले प्रस्तुत गरिएको रचना घ. समग्र संरचना मिलेको रचना

३३. अनुच्छेद रचनामा सर्वप्रथम के गर्नुपर्दछ ?

क. बुँदा टिपोट     ख. शीर्ष वाक्यलेखन
ग. शीर्षक चयन      घ. साफी लेखन

३४. लिखित अभिव्यक्तिको विशेषता कुन हो ?
क.ध्वन्यात्मक सङ्केतको प्रयोग      ख. वक्ता र श्रोताको संवाद
ग. स्थान र कालगत समिाङ्कन     घ. ज्ञान र सिपको पुस्तान्तरण

३५. चिठी पत्रको मूल सन्देश कुन भागमा लेखिन्छ ?

क.आदि भाग      ख. मध्य भाग

ग. अन्त्य भाग     घ. समपूर्ण चिठीमा

३६. …………. लाई उत्पादित वस्तु, सेवा तथा विचारको प्रचार प्रसारर गरी ग्राहकमा उत्पे्ररणा जगाउने सन्देशका रूपमा पनि लिइन्छ ।

क. सूचना        ख. चिठी
ग. विज्ञापन    घ. भरपाई

३७. कुन वाक्यले अनुच्छेद्को सम्पूर्ण भाव बोकेको हुन्छ ?
क. शीर्ष      ख. सहयोगी

ग. सारांशीकृत      घ. पहिलो

३८. वार्तालापीय शैली अँगाली लेखिने रचना कुन हो ?
क. संवाद    ख. वक्तृता
ग. वादविवाद      घ. मनोवाद

३९. बोध गर्नका लागि कुन पठन बढी उपयोगी हुन्छ ?
क. सस्वरपठन     ख. मौनपठन

ग. द्रुतपठन    घ.माथिका सबै

४०. अनेकार्थक रूपको उदाहरण कुन हो ?

क. पत्र     ख. पानी
ग. भात     घ. किताब

 

वि.सं.२०७६ असार २४ मंगलवार १०:५१ मा प्रकाशित

Himalayan Life AD
जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा...

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह...