back

एनआरएनए स्पेनको पाइभास्कोमा कमला बराल विजयी

वि.सं.२०७६ असार २४ मंगलवार

621 

shares

९ जुलाई, स्पेन । गैरआवासीय नेपाली संघ स्पेनको क्षेत्रिय समिति पाईभास्कोको अध्यक्षमा कमला बराल (कमलाकिशु) निर्वाचित भएकी छन् ।

जुलाई ७ मा सम्पन्न समितिको दोश्रो अधिबेशनमा भएको निर्वाचनमा अध्यक्ष बरालले १ सय ४१ मत ल्याएर प्रतिद्धन्द्धी मालती पन्तलाई पछि पारेकी थिइन् । पन्तले १४० मत प्राप्त गरेकी थिइन् । त्यस्तै केन्द्रीय सदस्यमा कृष्ण प्रसाद सिग्देलले १ सय ५१ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्धन्द्धी टंकनाथ बरालले १ सय २४ मत ल्याएर पछि परेका थिए ।

त्यस्तै सचिवमा खगेन्द्र बम (जेकी) ले १ सय ४९ मत पाप्त गरेर विजय बनेका थिए भने उनका प्रतिद्धन्द्धी सन्जय सुवेदीले १ सय १५ मत पाप्त गरेका थिए ।

त्यस्तै समितिको कोषाध्यक्षमा गेल्जेन शेर्पा, महिला संयोजकमा उमा गुरुङ, युवा संयोजकमा डेविट कार्की निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा रमेश पण्डित, अन्जनदा यादव, महेश घिमीरे, शिव सापकोटा, दामोदर निरौला, सविन पोखरेल र बाबुराम सुवेदी चुनावी प्रतिश्पर्धाबाट विजयी भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष बरालले पाइभास्कोबासी नेपाली समुदायको हकहितमा कामगर्ने प्रतिवद्धता जनाउँदै सबैलाई एकताबद्ध बनाएर लैजाने बताइन् । त्यस्तै केन्द्रीय सदस्य सिग्देलले केन्द्र र क्षेत्रको विचको समन्वयमा नेपाल र नेपालीबीच सहकार्यता बढाउनमा केन्द्रित रहने बताए ।

वि.सं.२०७६ असार २४ मंगलवार १८:२३ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...