२५ असार, काठमाडौँ । गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पाँचथर जिल्लाबाट सुरु गरेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यलाई अब १५ जिल्लामा विस्तार गर्ने भएको छ ।
राष्ट्रिय परिचयपत्र नागरिकहरुको व्यक्तिगत विवरण तथा जैविक वितरण समावेश भएको राष्ट्रिय पहिचनासहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक् नम्बरसहितको राष्ट्रिय राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु गरी दुई वर्षभित्र एक नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्नु नपर्ने व्यवस्था गरिने छ ।
यो परिचयपत्र वितरणका लागि विभागले १५ जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा स्थायी केन्द्र स्थापना गरिसकेको छ । ती १५ जिल्लामा झापा, सङ्खुवासभा , सप्तरी, महोत्तरी, ललितपुर, रसुवा, चितवन, तनहुँ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, सल्यान,जुम्ला, अछाम र कञ्चनपपुर छनौट भएको छ । झापा, चितवन, सप्तरी, ललितपुर, कञ्चनपुर र अछाममा केन्द्र स्थापना भई नागरिकहरुको विवरण सङ्कलन गर्ने कार्यलाई अगाडि बढाएको जानकारी बिभागले दिएको छ । बुधबारको गोरखापत्र दैनिकबाट
वि.सं.२०७६ असार २५ बुधवार ०७:४१ मा प्रकाशित