back

अवरोधकै बीच चल्यो संसद् ,बजेट पारित गर्ने प्रक्रिया टुंग्याइयो

वि.सं.२०७६ असार २६ बिहीवार

804 

shares

२६ असार, काठमाडौँ । विपक्षीको अवरोधकै बीच संसद्मा आर्थिक वर्ष २०७६ \०७७ को बजेट पारित गर्ने औपचारिक प्रक्रिया टुंग्याइएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय सभाबाट बजेटसम्बन्धी ४ विद्येयक पारित भएको सन्देश सुनाइयो । पारित बजेट राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनको बाटो खुल्नेछ ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय जनता पार्टीले सर्लाहीमा भएका मृत्युका दुई घटनाको संसदीय छानबिन माग्दै मंगलबारबाटै अवरोध गरिरहेका थिए । बुधबार पनि बैठक सुरु हुनेबित्तिकै उनीहरुले रोस्ट्रमअगाडि नाराबाजी गरे । त्यही समयमा सभामुख कृष्णबहादुर महराले राष्ट्रिय सभाबाट पारित सन्देश जानकारी गराउन प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई समय दिए । योगीले विनियोजन विद्येयक –०७६, आर्थिक विद्येयक–०७६, राष्ट्र ऋण उठाउने विल्ेयक –०७६ ऋण तथा जमानत (२३ आंै संशोधन) विद्येयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाएका थिए । त्यसपछि सभामुखले ३० गतेसम्मका लागि बैठक स्थगित गरे । बिहीबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ असार २६ बिहीवार ०७:५२ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद...

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक...