Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

विहे गरेको दुई वर्षमै श्रीमानले हिंसा गरेको भन्दै प्रहरी गुहारिन शिल्पाले



२६ असार, काठमाण्डौ। विहे गरेको दुई वर्षमै अभिनेत्री सिल्पा पोखरेलले श्रीमानले आफूमाथि हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छन् ।

फिल्म निर्माता छवि ओझाकी चौथी श्रीमतीको रुपमा भित्रिएकी अभिनेत्री सिल्पा पोखरेल सोमबार महानगरीय प्रहरी परिसर काठमाडौं श्रीमान छवि ओझाबाट घरेलु हिंसा भएको भन्दै उजुरी दिन पुगेकी हुन् ।

श्रोतका अनुसार दुई वर्ष अघि मात्र विहे बन्धनमा बाँधिएका अभिनेत्री पोखरेल छवि ओझाद्धारा गरिएको घरेलु हिंसामा परेको तथा उनको कुटाईबाट बाँया कानमा समस्या आएको र उनी डिप्रेसनमा समेत परेको बताइएको छ ।

उता ओझामाथि प्रहरीद्धारा गरिएको सोधपुछमा ओझाले सामान्य झगडामा शिल्पाले असार ८ गते घर छोडेर हिडेको बताएका छन् ।
अभिनेत्री पोखरेललाई फिल्म क्षेत्रमा छवि ओझाले नै ल्याएका थिए । अभिनेत्री पोखरेल ओझाकी चौथी श्रीमतीको रुपमा भित्रिएकी थिइन् । ओझाकी तेश्री श्रीमतीको रुपमा नायिका रेखा थापा थिइन् । उनले ओझासँग सम्बन्ध बिच्छेद गरेपछि पोखरेल, ओझाको जीवनमा आएकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम