
२६ असार, काठमाडौँ । शिक्षक सेवा आयोगले लामो समयपछि शिक्षक लाईसेन्सको विज्ञापन खुलाएको छ । पछिल्लो पटक २०७२ मा माबि निमाबि र प्राबिको २०६८ सालमा खोलिएको थियो । त्यसपछिका समयमा शिक्षक हुन योग्यता पुगेका लाखौं विद्यार्थीले लाईसेन्स लिन पाएका थिएनन् । यसभन्दा अगाडिका परीक्षामा ३५ उत्तीर्णाङ्क भएकोमा यसपालादेखि लाईसेन्स परीक्षाको उत्तीर्णाङ्क ५० तोकिएको छ । जसअनुसार वस्तुगत\बहुवैकल्पिकमा अङ्कभार ४० र विषयगतको अङ्कभार ६० निधार्रण गरिएको छ ।
शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ ।
आज निम्नमाध्यामिक र माध्यामिक तहका सबै विषयका लागि उपयोगी हुने वस्तुगत प्रश्न लिएर आएका छौँ । यी हुन् शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु ।
अब लागौं यतातिर
१. राष्ट्रिय परीक्षा बोर्डमा कति सदस्य रहने व्यवस्था छ ?
क. ७ जना ख. १३
ग. ९ घ. ११
२. जिल्ला शिक्षा समितिमा कति जना मनोनित सदस्य हुन्छन् ?
क. ८ ख. ५
ग. ६ घ. ४
३. पहिलो शिक्षा ऐन जारी कहिले भएको हो ?
क. २०१९ ख. २०११
ग. १९१८ घ. २०२८
४. उच्चस्तरीय शिक्षा आयोग गठन कहिले भयो ?
क. २०५५ ख. २०५८
ग. २०५४ घ. २०२८
५. शिक्षक सेवा आयोगको अध्यक्षपदमा नियुक्त हुनन नेपाल सरकारले विशिष्ट श्रेणीमा कम्तीमा कति वर्ष सेवा गरेको हुनुपर्दछ ?
क. २ वर्ष ख. ५
ग. विशिष्ट श्रेणीमा अनुभव भएको घ. ३
६. आरक्षणको समूह कति छन् ?
क. ६ ख. ४
ग. ५ घ. ८
७. शिक्षा ऐन, २०२८ को कति औँ दफाले दिएको अधिकार प्रयोग गरी शिक्षक सेवा आयोग नियमावली, २०५७ बनाएको हो ?
क. दफा २२ ख. दफा २५
ग. दफा १९ घ. दफा २३
८. मुस्लिम महिलाको लागि कति प्रतिशत पद आरक्षण गरिएको छ ?
क. २ प्रतिशत ख. ६ प्रतिशत
ग. ७ प्रतिशत घ. १३ प्रतिशत
९. प्रदेशको अधिकार कुन अनुसूचीमा उल्लेख गरिएको छ ?
क. अनुसूची ३ ख. अनुसुची ६
ग. अनुसुची ७ घ. सूची ८
१० सिर्जनात्मक उमेर भन्नाले कुन अवस्थालाई जनाउँछ ?
क. उत्तर बाल्यावस्था ख. शिशु अबस्था
ग. पूर्व बाल्यावस्था ग. यौवन अबस्था
११. खाद्य्य सम्बन्धी हक कति धारामा छ ?
क्. धारा ३९ ख. धारा ३६
ग धारा ४० घ. धारा ३०
१२. तलका मध्ये कुन निकायले विद्यालय खोल्न अनुमति लिन पर्दैन ?
क. जिल्ला शिक्षा समिति ख. गाविस\ नगरपालिका
ग नेपाल सरकार घ. कूटनीतिक नियोग
१३. शिक्षा ऐन २०२८ अनुसार अनुमति भन्नाले के बुझिन्छ ?
क. अस्थायी स्वीकृति ख. स्थायी स्वीकृति
ग. क र ख, दुवै घ. कुनै पनि होइन
१४. जिल्ला शिक्षा समितिको विघटन कसले गर्न सक्दछ ?
क. जिशिका ख. शिक्षा विभाग
ग. शिक्षामन्त्रालय घ. नेपाल सरकार
१५. कुन कुन बिदा आधा दिन पनि लिन सकिन्छ ?
-भैपरी आउने बिदा र पर्व बिदा
१६. आचारसंहिता पालना नभएको भए त्यसको विवरण कहाँ पठाउनुपर्नेछ ?
-सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा
१७. वि.सं. १९९० को एस.एल.सी परीक्षामा कति जना सहभागी भएका थिए ?
-३३ जना
१८.Critical Thinking is the ability to reach sound conculusion based on observation and information यो भनाइ कसको हो ?
-Richard paul
१९. २०. वैज्ञानिक व्यवस्थापनको सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति को हुन् ?
-F.W. Taylor
२०. Good Management means getting effective results with people. । यो भनाइ कसको हो ?
-Pigots and Myers