
२७ असार, काठमाडौँ । सन्राइज बैंक र नेपाल स्टक एक्सचेन्ज बीच प्रति शेयर अकिंत तथा चुत्ता मूल्य रु. १००० कायम भएको सन्राइज बैंकको १०,००,००० थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज का प्रमुखकार्यकारी अधिकृत चन्द सिंह साउद र सन्राइज बैंकका निमित्त प्रमुखकार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरेका थिए ।
प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको बैक २०६४ साल अशोज २५ मा स्थापना भएको हो । हाल यसको चुक्ता पुँजी ८ अरब भन्दा बढी रहेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले ११३ वटा शाखा, ३७ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर,१२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैकंले बताएको छ ।