back

यति एयरलाईन्सको जहाज दुर्घटनाका कारण दर्जन बढी उडान प्रभावित

वि.सं.२०७६ असार २७ शुक्रवार

921 

shares

२७ असार, काठमाण्डौं । यति एयरलाईन्सको जहाज दुर्घटना हुँदा त्रिभुवन विमानस्थलको उडान ठप्प भएको छ ।  नेपालगन्जबाट आएको यति एयरलाईन्सको एटिआएर जहाज विमानस्थलमा अवरतण गर्ने क्रममा धावनमार्गमा  चिप्लिएपछि विमानस्थल ठप्प जस्तै बनेको हो ।

यति एयरलाईन्सको फ्लाइट नं एनवाइटी–४२२ एटिआर ७२–५०० जहाजमा चालक दलका सदस्यसहित ६६ यात्रु रहेका थिए भने जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ ।

यति एयरलाईन्स कम्पनीका अनुसार जहाजका सबै यात्रु सकुशल रहेको बताइएको छ भने दुईजना घाईते भएको र उनीहरुलाई उपचारका लागि लगिएको बताइएको छ ।

बिहान झढडै ११ बजे अवतरण गर्ने क्रममा धावन मार्गमा जहाज चिप्लिदा दुर्घटना भएपछि विमानस्थलमा आन्तरिक तथा बाह्रय उडान ठप्प भएको छ ।

दुबईबाट आएको नेपाल एयरलाईन्सको जहाज, थाइल्याण्डबाट आएको थाई एयर, दिल्लीबाट आएको रोयल भुटानलगायतका जहाजलाई अन्यत्रै डाइभर्ट गराइएको छ भने ढाकाबाट आएको विमान बंगलादेश आकासमै होल्ड गरिएको बताइएको छ । दुर्घटनाका कारण झण्डै दर्जन उडान प्रभावित भएका छन् ।

यसै विषयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीले विमानस्थल सञ्चालन हुन केही समय लाग्ने संसारन्युजलाई बताएका छन् । ‘तयारी भइरहेको छ अब केही समयमै सञ्चालन हुन्छ ।’ उनले भने । तिवारीले के कति कारणले जहाज  दुर्घटना भयो भन्ने कुरा केही समयपछि बाहिर आउने बताए ।

वि.सं.२०७६ असार २७ शुक्रवार १३:१९ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

२५ बर्ष अगाडी पर्वतमा सम्पन्न हातेमालोको इतिहास नबिर्सन सरोकारवालाहरुले आग्रह...

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...