Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

देशैभर वर्षा, जनजीवन अस्त व्यस्त, ५ को मृत्यु, केही बेपत्ता



२७ असार । केही दिनदेखी देशैभर परेको अविरल बर्षाबाट जनजीवन प्रभावित भएको छन् भने पहिरोका कारण मानवीय क्षतिका समाचार पनि आउन थालेका छन् ।

पहिरोबाट रामेछापमा १ मृत्युु, काभ्रेमा २ को मृत्यु, ललितपुरमा १ मृत्यु, सिन्धुलीमा १ मृत्यु भएको खबर छ भने बाढिबाट मोरङमा १, सुनसरीमा १, खोटाङमा ३, पाँचथरमा १ बेपत्ता भएका छन् । पर्सामा १ को डुबेर मृत्यु भएको समाचार छ ।

वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् भने आज बिहान अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा यति एयरलायन्सको एक विमान चिप्लिँदा अन्तर्राष्ट्रिय सबै उडानहरुसमेत प्रभावित बनेको छ ।

जताततै सडक बन्द

१-बि.पि.राजमार्ग स्थित पिप्ले, कालढुङगा, रोशीपुल नजिक पहिराे आई बाटाे बन्द। २-बुटवलबाट पाल्पा जाने बाटाे बन्द । ३-लमजुङबाट मनाङ जाने बाटाे बन्द । ४-भाेजपुरबाट धरान जाने बाटाे बन्द । ५ नारायणघाट मुगलिंग बन्द।

उच्च सतर्कता अपनाउन आग्रह

मौसम तथा जलविज्ञान विभाग अन्तर्गत बाढी सूचना महाशाखाले मेची, निन्दा, विरिङ, मावा-रतुवा, नुनखोला, लोहन्द्रा, वुढीखोला, खेसिलिया, सुनशरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरियाखोला, खाडो, माहुली, रातो, हर्दी, लालबकैया लगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कता भन्दा माथि बाढी आउनेगरी बर्षा भईरहेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित रहेको र यसको साथै मध्य र पूर्वी भूभागमा न्यून चापिय क्षेत्रमा समेत रहेकोले आगामि २(३ दिन सम्म मनसुन अति सक्रिय भैरहने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम