back

देशैभर वर्षा, जनजीवन अस्त व्यस्त, ५ को मृत्यु, केही बेपत्ता

वि.सं.२०७६ असार २७ शुक्रवार

996 

shares

२७ असार । केही दिनदेखी देशैभर परेको अविरल बर्षाबाट जनजीवन प्रभावित भएको छन् भने पहिरोका कारण मानवीय क्षतिका समाचार पनि आउन थालेका छन् ।

पहिरोबाट रामेछापमा १ मृत्युु, काभ्रेमा २ को मृत्यु, ललितपुरमा १ मृत्यु, सिन्धुलीमा १ मृत्यु भएको खबर छ भने बाढिबाट मोरङमा १, सुनसरीमा १, खोटाङमा ३, पाँचथरमा १ बेपत्ता भएका छन् । पर्सामा १ को डुबेर मृत्यु भएको समाचार छ ।

वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् भने आज बिहान अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा यति एयरलायन्सको एक विमान चिप्लिँदा अन्तर्राष्ट्रिय सबै उडानहरुसमेत प्रभावित बनेको छ ।

जताततै सडक बन्द

१-बि.पि.राजमार्ग स्थित पिप्ले, कालढुङगा, रोशीपुल नजिक पहिराे आई बाटाे बन्द। २-बुटवलबाट पाल्पा जाने बाटाे बन्द । ३-लमजुङबाट मनाङ जाने बाटाे बन्द । ४-भाेजपुरबाट धरान जाने बाटाे बन्द । ५ नारायणघाट मुगलिंग बन्द।

उच्च सतर्कता अपनाउन आग्रह

मौसम तथा जलविज्ञान विभाग अन्तर्गत बाढी सूचना महाशाखाले मेची, निन्दा, विरिङ, मावा-रतुवा, नुनखोला, लोहन्द्रा, वुढीखोला, खेसिलिया, सुनशरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरियाखोला, खाडो, माहुली, रातो, हर्दी, लालबकैया लगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कता भन्दा माथि बाढी आउनेगरी बर्षा भईरहेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित रहेको र यसको साथै मध्य र पूर्वी भूभागमा न्यून चापिय क्षेत्रमा समेत रहेकोले आगामि २(३ दिन सम्म मनसुन अति सक्रिय भैरहने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

वि.सं.२०७६ असार २७ शुक्रवार १४:१९ मा प्रकाशित

Himalayan Life AD
आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवद्र्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवद्र्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

काठमाडौं । पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र...

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकी । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा...

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको...

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ । मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी...

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

काठमाडौँ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र...