back

जर्मनीमा मृत्यु भएकी चेलीको शव शेर्पा संघ युरोपले नेपाल पठाउने

वि.सं.२०७६ असार २७ शुक्रवार

1.2K 

shares

१२ जुलाई, बेल्जियम । जर्मनीमा मृत्यु भएकी नेपाली चेलीको शव नेपाल पठाउनका लागि शेर्पा संघ युरोपले पहल गर्ने भएको छ ।

संघले दोलखा जिल्ला घर भइ साइप्रसमा कार्यरत मिङमाडोमा शेर्पाको उपचारको क्रममा जर्मनीमा मृत्यु भएपछि शव पठाउन समस्या परेपछि शेर्पा संघ युरोपले शब पठाउने सबै खर्च संघले बेर्होने जनाएको छ ।

केही वर्षदेखि साइप्रसमा घरेलु कामदारका रुपमा कार्यरत मिङमाडोमा बोनम्यारो रोगले पीडित रहेकी थिइन् । उनको डेढवर्षदेखि जर्मनीमा उपचार भइरहेको अवस्थामा ६ जुलाईका दिन मृत्यु भएको थियो ।

मिङमाडोमाको मृत्यु भएपछि एनआरएनए जर्मनीका अध्यक्ष विजय मोक्तानले उनको शव नेपाल पठाउनका लागि सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका थिए ।

सोहि विषयमा पेम्बा गेल्वुले भने, ‘उहाँहरु सहयोग उठाउनुहुन्छ, उक्त सहयोग मार्फत् मृतकको शव पठाउनका लागि केही प्रयोग गरिने छ भने केही शेर्पा संघमार्फत् उनका बाबा आमालाई दिइनेछ ।’ मिङमाडोमा अविवाहित रहेको पनि शेर्पाले जानकारी दिए । साथै उनले शब पठाउनका लागि चाहिने जति रकम पुगिसकेको र रकम उठाउन बन्द गरिएको पनि बताएका छन् ।

मिङमाडोमा डेढ वर्षसम्मको उपचार खर्च उनका मालिकले नै व्यहोरेका थिए । पेम्बा गेल्वुका अनुसार अनुसार डेढवर्षदेखिको उपचार खर्च मालिकले सबै आफ्नो इन्स्युरेन्सबाट गरिदिएका थिए । उनका मालिक जर्मन नागरिक भएको र साइप्रसमा पनि घरभएका व्यक्ति थिए ।

उनको उपचारमा झण्डै १५ देखि २० लाख युरो खर्च भएको पनि शेर्पाले बताए । साथै मालिकले परिवारका लागि राहतस्वरुप केही रकम उपलब्ध गराउने बताएका छन् । राहत प्रक्रियाका लागि समय लाग्ने पनि उनले जानकारी दिए ।

यसैबीच शेर्पा संघ यूरोपको आर्थिक सहयोगमा शब जर्मनबाट नेपाल पठाउने तयारी भएको शेर्पा संघ यूरोपका महासचिव साङठु शेर्पाले जानकारी दिएका छन ।

महासचिव शेर्पाका अनुसार जर्मनमा संघका सल्लाहकार पासाङ देण्डी शेर्पा र सदस्य कर्मा शेर्पाको पहलमा सबै कागजी प्रक्रिया पुरा गरेर संघकै आकास्मिक कोषबाट आर्थिक भुक्तानी समेत भई उनको शबलाई नेपाल पठाउने अन्तिम तयारी भएको छ ।

शब नेपाल पठाउनका लागि बेलायतबाट शेर्पा संघ यूरोपकी कोषाध्यक्ष नुमु शेर्पाले ५ हजार आठ सय यूरो जर्मनस्थित शब बाहन कम्पनीलाई भुक्तनी गरिसकेको जानकारी दिएकी छन ।

जर्मनीमा मृत्यु भएकी नेपाली चेलीको शब पठाउन सहयोग गर्न अनुरोध

वि.सं.२०७६ असार २७ शुक्रवार १५:०८ मा प्रकाशित

Himalayan Life AD
दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

गण्डकी  । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ...

प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा

प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा...

तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

काठमाडौँ । सामाजिक अभियानमा सक्रिय रहेकी आशिका तामाङ धादिङ–१ बाट...

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको...

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक...