
नेपालका दुई ठुला कम्युनिस्ट पार्टीको को एकीकरण प्रक्रियामा असन्तुष्टिहरु देखापर्न थालेको छ । केन्द्रीय कमिटी, प्रदेश कमिटी, भात्री संगठनको एकता मनोमानी तरिकाले पार्टी अगाडी बढेको भन्दै भारतमा रहेका नेपालीहरुमा समेत असन्तुष्टि बढ्न थालेको छ ।
पार्टी एकतामा पेलेर साइड लगाउने षड्यन्त्र भैरहेको कारण अब भारतमा पार्टी जोगाउनको निम्ति केही समयसम्म समानान्तर केन्द्रिय समिती घोषणा गरेर जाने चेतावनी दिएका छन् देबेन्द्र पौडेलमार्फत पार्टी एकता प्रकृयामा आएका भारतका चर्चित युबा नेता माईकल क्षेत्रीले ।
पार्टी एकताको प्रक्रियामा धुर्बिकरण अभियान संचालन गरेका देबेन्द्र पौडेलको टिमलाई भारतमा पन्छाउने भयानक षड्यन्त्र बिगत केही महिनादेखी पुर्ब माओवादीका केही व्यक्तिहरुबाट भैरहेको भन्ने उनको गुनासो छ ।
जिबनभर पदमा बसिराख्ने युबाहरुलाई नेतृत्व तहसम्म ल्याउन कन्जुस्याइँ गर्ने चुनाबमा भोट हाल्न नजाने, आफू कुनै पेसा ब्यबसायमा नलाग्ने, जिबनभर चन्दा र लेबिको भरमा आफ्नो ब्यक्तिगत जीवन धानिरहेको पुर्ब माओवादीका केही नेताहरुको अबरोधका कारण भारतमा युबाहरुमा व्यापक असन्तुष्टि देखापरेको उनको भनाइ छ ।