Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता :फेरि चल्दैछ राजनीति जालझेलको



अमूल्य जिन्दगी आफ्नो बलिदान गरेपछि
लामो पीडा र संघर्ष झेल्दै लड्दै गरेपछि
जनताले जित्यो बल्ल एकपल्ट सात सालमा
उल्टियो त्यही पनि फेरि पुगेर सत्र सालमा

छिन्नभिन्न हुँदा जनता फेरियो जित हारमा
एकताबद्ध हुँदा मात्र बद्लियो हार जितमा
संयुक्त भै लडे मिल्छ सफलता–पाठ यो थियो
खिची संघर्षको सार–ननिभ्ने क्रान्तिको दीयो

जसले शिक्षा दियो उसकै उठिबास गराइयो
जित्यो शोषक बर्गैले शासित बर्ग हराइयो
यद्यपि हार मानेन–जनता जाग्यो उठ्यो पुन ः
बढ्यो संयुक्त भै फेरि तोड्न सामान्ति बन्धन

जनताले जित्यो फेरि सृष्टि संघर्षको गरी
ढल्यो पञ्चायती शासन चल्थ्यो त्यो गरी मनपरी
सत्तामा पुग्दथे जो–जो नब सामन्त बन्दथे
यद्यपि भन्नका लागि ‘प्रजातन्त्रै’ ती भन्दथे

चल्थ्यो यस्तै लुकामारी शोषक–शोषित बीचमा
प्रबृत्ति उही नै हुन्थ्यो फेर–बदल मात्र पात्रमा
समस्या अझ चर्कन्थ्यो–जनता छक्क पर्दथे
शोषक फटाहाले यस्तै मौकाको खोजी गर्दथे

प्रतिगामी कदम चाली तिनले शासन चलाउथे
छटपटीमा परी जनता सर्बत्र सल्बलाउथे
सडकमा जब त्यो पीडा पोखिन्थ्यो एक भइकन
टिक्न सक्दैनथ्यो कस्तै ‘डण्डाको भर शासन’

जनताको यही शक्तिले राजतन्त्र उखेलियो
नब सामन्ती सत्ताले स्थान त्यसको लियो
फेरि चल्दैछ त्यही कालो राजनीति जालझेलको
जनता र देश हार्दैछ ः खेल यो जालझेलको

फेरि चल्दैछ त्यही कालो राजनीति जालझेलको

अमूल्य जीन्दगी आफ्नो बलिदान गरेपछि
लामो पीडा र संघर्ष झेल्दै लड्दै गरेपछि
जनताले जित्यो बल्ल एकपल्ट सात सालमा
उल्टियो त्यही पनि फेरि पुगेर सत्र सालमा

छिन्नभिन्न हुँदा जनता फेरियो जित हारमा
एकताबद्ध हुँदा मात्र बद्लियो हार जितमा
संयुक्त भै लडे मिल्छ सफलता–पाठ यो थियो
खिची संघर्षको सार–ननिभ्ने क्रान्तिको दीयो

जसले शिक्षा दियो उसकै उठिबास गराइयो
जित्यो शोषक बर्गैले शाषित बर्ग हराइयो
यद्यपि हार मानेन–जनता जाग्यो उठ्यो पुन ः
बढ्यो संयुक्त भै फेरि तोड्न सामन्ती बन्धन

जनताले जित्यो फेरि सृष्टि संघर्षको गरी
ढल्यो पञ्चायती शासन चल्थ्यो त्यो गरी मनपरी
सत्तामा पुग्दथे जो–जो नब सामन्त बन्दथे
यद्यपि भन्नका लागि ‘प्रजातन्त्रै’ ती भन्दथे

चल्थ्यो यस्तै लुकामारी शोषक–शोषित बीचमा
प्रबृत्ति उही नै हुन्थ्यो फेर–बदल मात्र पात्रमा
समस्या अझ चर्कन्थ्यो–जनता छक्क पर्दथे
शोषक फटाहाले यस्तै मौकाको खोजी गर्दथे

प्रतिगामी कदम चाली तिनले शासन चलाउथे
छटपटीमा परी जनता सर्बत्र सल्बलाउथे
सडकमा जब त्यो पीडा पोखिन्थ्यो एक भइकन
टिक्न सक्दैनथ्यो कस्तै ’डण्डाको भर शासन’

जनताको यही शक्तिले राजतन्त्र उखेलियो
नब सामन्ती सत्ताले स्थान त्यसको लियो
फेरि चल्दैछ त्यही कालो राजनीति जालझेलको
जनता र देश हार्दैछ ः खेल यो जालझेलको


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ