back

कविता :फेरि चल्दैछ राजनीति जालझेलको

वि.सं.२०७६ असार २८ शनिवार

975 

shares

अमूल्य जिन्दगी आफ्नो बलिदान गरेपछि
लामो पीडा र संघर्ष झेल्दै लड्दै गरेपछि
जनताले जित्यो बल्ल एकपल्ट सात सालमा
उल्टियो त्यही पनि फेरि पुगेर सत्र सालमा

छिन्नभिन्न हुँदा जनता फेरियो जित हारमा
एकताबद्ध हुँदा मात्र बद्लियो हार जितमा
संयुक्त भै लडे मिल्छ सफलता–पाठ यो थियो
खिची संघर्षको सार–ननिभ्ने क्रान्तिको दीयो

जसले शिक्षा दियो उसकै उठिबास गराइयो
जित्यो शोषक बर्गैले शासित बर्ग हराइयो
यद्यपि हार मानेन–जनता जाग्यो उठ्यो पुन ः
बढ्यो संयुक्त भै फेरि तोड्न सामान्ति बन्धन

जनताले जित्यो फेरि सृष्टि संघर्षको गरी
ढल्यो पञ्चायती शासन चल्थ्यो त्यो गरी मनपरी
सत्तामा पुग्दथे जो–जो नब सामन्त बन्दथे
यद्यपि भन्नका लागि ‘प्रजातन्त्रै’ ती भन्दथे

चल्थ्यो यस्तै लुकामारी शोषक–शोषित बीचमा
प्रबृत्ति उही नै हुन्थ्यो फेर–बदल मात्र पात्रमा
समस्या अझ चर्कन्थ्यो–जनता छक्क पर्दथे
शोषक फटाहाले यस्तै मौकाको खोजी गर्दथे

प्रतिगामी कदम चाली तिनले शासन चलाउथे
छटपटीमा परी जनता सर्बत्र सल्बलाउथे
सडकमा जब त्यो पीडा पोखिन्थ्यो एक भइकन
टिक्न सक्दैनथ्यो कस्तै ‘डण्डाको भर शासन’

जनताको यही शक्तिले राजतन्त्र उखेलियो
नब सामन्ती सत्ताले स्थान त्यसको लियो
फेरि चल्दैछ त्यही कालो राजनीति जालझेलको
जनता र देश हार्दैछ ः खेल यो जालझेलको

फेरि चल्दैछ त्यही कालो राजनीति जालझेलको

अमूल्य जीन्दगी आफ्नो बलिदान गरेपछि
लामो पीडा र संघर्ष झेल्दै लड्दै गरेपछि
जनताले जित्यो बल्ल एकपल्ट सात सालमा
उल्टियो त्यही पनि फेरि पुगेर सत्र सालमा

छिन्नभिन्न हुँदा जनता फेरियो जित हारमा
एकताबद्ध हुँदा मात्र बद्लियो हार जितमा
संयुक्त भै लडे मिल्छ सफलता–पाठ यो थियो
खिची संघर्षको सार–ननिभ्ने क्रान्तिको दीयो

जसले शिक्षा दियो उसकै उठिबास गराइयो
जित्यो शोषक बर्गैले शाषित बर्ग हराइयो
यद्यपि हार मानेन–जनता जाग्यो उठ्यो पुन ः
बढ्यो संयुक्त भै फेरि तोड्न सामन्ती बन्धन

जनताले जित्यो फेरि सृष्टि संघर्षको गरी
ढल्यो पञ्चायती शासन चल्थ्यो त्यो गरी मनपरी
सत्तामा पुग्दथे जो–जो नब सामन्त बन्दथे
यद्यपि भन्नका लागि ‘प्रजातन्त्रै’ ती भन्दथे

चल्थ्यो यस्तै लुकामारी शोषक–शोषित बीचमा
प्रबृत्ति उही नै हुन्थ्यो फेर–बदल मात्र पात्रमा
समस्या अझ चर्कन्थ्यो–जनता छक्क पर्दथे
शोषक फटाहाले यस्तै मौकाको खोजी गर्दथे

प्रतिगामी कदम चाली तिनले शासन चलाउथे
छटपटीमा परी जनता सर्बत्र सल्बलाउथे
सडकमा जब त्यो पीडा पोखिन्थ्यो एक भइकन
टिक्न सक्दैनथ्यो कस्तै ’डण्डाको भर शासन’

जनताको यही शक्तिले राजतन्त्र उखेलियो
नब सामन्ती सत्ताले स्थान त्यसको लियो
फेरि चल्दैछ त्यही कालो राजनीति जालझेलको
जनता र देश हार्दैछ ः खेल यो जालझेलको

वि.सं.२०७६ असार २८ शनिवार १०:५४ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...

गजल

गजल

मिरा ज्ञवाली ( आस्था ) कीर्तिपुर , काठमाडौँ वचनले मेरो...

गजल

गजल

हृषीकेश बराल, पोखरा –२६ कास्की खोज्छु आफन्त छैनन् पीडा हुँदै...