back

गजल

वि.सं.२०७६ असार २८ शनिवार

819 

shares

मूलासरी मान्छेपनि, सत्र हजार काटे बरै,
बानेश्वरको जग्गा पनि, दर्तागरी चाटे बरै ।

जनताले भोट दिए, केकन पो गर्लान भनी,
कैले फेरि गूठी पनि, निल्न आँफै आँटे बरै ।

वाईड्बडी काण्ड पनि, घटाएर यीनैले नै,
राजस्वको ठूलो हिस्सा, कुम्ल्याएर ढाँटे बरै ।

सुबिधाको बाहनामा, सातपुस्तालाई सोच छ,
जनताको खानापाक्ने पो, कराई छ माटे बरै ।

आँफ्नो स्वार्थ पूरा भए, दुई पार्टी हुन्छन एक,
पछि स्वार्थ नमिलेमा, आँफ्से–आँफ फाटे बरै ।

खुबी भने छैन रैछ, देश उँभो लगाउँने त,
नेता भन्नै नसुहाउँने, देख्दामात्र लाठे बरै ।

बुद्धिभए गर्थेहोला, देश बिकास हुन्थ्यो होला,
हेर्दा मात्र भरोसा लाग्दा, बुद्धि नभा काँठे बरै ।

वि.सं.२०७६ असार २८ शनिवार ११:०१ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...

गजल

गजल

मिरा ज्ञवाली ( आस्था ) कीर्तिपुर , काठमाडौँ वचनले मेरो...

गजल

गजल

हृषीकेश बराल, पोखरा –२६ कास्की खोज्छु आफन्त छैनन् पीडा हुँदै...