
रस त केवल मान्छेको कुराकानीमा छ
नभोगी के थाहा ! को कति पानीमा छ
शक्तिमान र हनुमानलाई अपवाद मान्दा
शक्ति कि पानीमा छ कि त जवानीमा छ
मलाई प्रतिलिपि अधिकार देऊ सरकार
चलेका सबै फिल्महरु मेरै कहानीमा छ
कहिले बन्ला खै मनको एक्सरे गर्ने मेसिन
मलाई शङ्का तिम्रो विश्वास गर्ने बानीमा छ
तिमी हिरा खोज्न हिरण्यपुर हिंडेको सुनेँ
त्यो त पँधेरा नजिकै कोइला खानीमा छ ।
तारकेश्वर न.पा–२, काठमाडौ