back

कविता : छौँडाहरू

वि.सं.२०७६ असार २८ शनिवार

1.1K 

shares

समृद्धिको चकमन्न उज्यालो
बाँडिरहेको सरकारलाई
गौँडा गौँडा कुरेर
सेतो अवरोध गरिरहेछन् छौँडाहरू ।

छौँडाहरूको कुनै आकार हुँदैन
छौँडाहरूको कुनै आयतन हुँदैन
अदृश्य छन् छौँडाहरू
सडकमा सुरक्षा घेरा तोड्छन्
माइतीघरमा बुलन्द आवाज उराल्छन्
सुटुक्क सदनमा छिरेर
रोस्टम घेर्छन्
गैरकानुनी विधेयक बन्न दिँदैनन्
छौँडाहरू
नाथे रैतीका अधिकार खोज्दै
बजेटको असारे भेलविरुद्ध बोल्छन्, छौँडाहरू
शासकसँग पौँठाजोरी खेल्छन्, छौँडाहरू
बन्दुकका नालसँग दुश्मनी मोल्छन्, छौँडाहरू

यिनलाई सत्ताको तातो पन्युँले
नडामी भएको छैन
भत्ताको खकारले
नथुकी भएको छैन
शक्तिको उन्मत्त लात्ताले
नगोदी भएको छैन
टेबुलमुनि घुस्ने लामाहातले
नचड्काई भएको छैन
यिनलाई ब्रिफकेस बाँधेको डोराले
कोर्रा नबसाई भएको छैन ।

प्रभूको महायज्ञ बिथोल्छन्
सोमरस पिउँदा सर्को पारिदिन्छन्
समवेदनालाई बधाई बनाइदिन्छन्
मन्त्रीको अङ्ग्रेजी भकभके तुल्याइदिन्छन्
सबारीमा आकाशसमेत जाम गराउँछन् छौँडाहरू
सडकमा खाल्डा पार्छन्
मुखमा कोर्को लगाउँछन् छौँडाहरू
निलिसकेको बालुवाटार डकार्न लगाउँछन् छौँडाहरू

यतिका वर्ष नआएको मेलम्ची किन चाहियो
भूकम्पले भत्काएका घर आज किन बन्नुप¥यो
दक्षिणपन्थी ढुङ्गेधाराबाट किन पानी चुहिनुप¥यो
पुरातनवादी पोखरी किन उधिन्नुप¥यो
आजसम्म नपाएको रोजगारी किन पाउनुप¥यो
आजसम्म खाइराखेको विष खान किन छोड्नुप¥यो ?

तरकारी र फलफुलसँग मन्द विष खाएर
हावाको महलमा मस्त
घ्वारघ्वार सपनामा
रेल र पानीजहाज चढ्ने गरी
सुते हुन्न ?
यी छौँडालाई किन ब्युँझनु प¥यो
किन सुसूचित हुनु प¥यो
अँध्यारोमै मन लाग्दी डुले हुन्न
छौँडालाई किन चाहियो उज्यालो ?
छौँडालाई किन चाहियो विकास ?

वि.सं.२०७६ असार २८ शनिवार ११:३३ मा प्रकाशित

Himalayan Life AD
खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...

गजल

गजल

पुष्पा नेपाल सुवेदी 'पुष्पाञ्जलि '-झापा दिँदा प्रेम सच्चा झुटो हो...