back

कविता-भोकाएका ए समृद्धिहरू !

वि.सं.२०७६ असार २८ शनिवार

594 

shares
GLOBAL IME AD
NTC AD

काग कराउन त कराए का का गरेर
तर गिद्धै बसेको हाँगामा बसेर कराउनु कराए
कागले बोकेर ल्याएको समृद्धिको
समाचार पनि कागजस्तै कालाकाला ।

समृद्धि बाढी उर्लेर बगेजस्तै
ह्वात्तै ल्याउँछु भन्थे कागले
भन्न त त्यसै भन्थे अरू हुचिल पनि
हात्ती तर्साउने नयाँ ढ्याङ्ग्रोले पनि त्यसै–त्यसै भन्थे
तर खै आएको समृद्धि ह्वात्तै उर्लेर
बरू बगिरहेको समृद्धिको खहरे पनि
सुक्यो छ्याप्पै भएर
खोज्दै छु म अझै,
बगेका ती समृद्धिका एकेक डोबहरू
कर्णाली थाकेर बगाउन छाडेका ती सुकेका बगरहरूमा
बास्नादार विष्ठा बग्ने विष्णुमतीको आर्तनाद्सँगै
बगिरहेछन् अझै कर्णालीका ती भोका पेटहरू ।

आशाहरू तिर्खाइ रहेछन् अझै ढोकैमा उभिएर
समृद्धिको बूढा हजुरबालाई कुरेर
बिकृतिको कालो बादल फाटेपछि
समृद्धि टुप्लुक्कै आइपुग्छु भन्थ्यो सिकुवामा
जस्तोकि, निद्रा बिछ्याएर गएको सूर्य रातमा
बिहानीपख जीवन कोखेलो च्यापी फर्केझैँ
बल्ल त्यो दिन आस्थाका पर्खालहरू खडा गरिनेछन्
र ढुक्क भएर निदाउनु तिमीहरू त्यो दिन
मुस्कुराउँदै आमाको काखमा अघाएर
वर्षौंदेखि भोकाएका ए समृद्धिहरू हो ।

महोत्तरी, गौशाला न. पा. १

वि.सं.२०७६ असार २८ शनिवार ११:४१ मा प्रकाशित

कविता : पैसा

कविता : पैसा

कोपिला बर्देवा, काठमाडौं  पैसाले सारा संसार चल्ने रहेछ हुनेलाई पो...

गजल

गजल

नवराज न्यौपाने ’मौन’,गोरखा सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

लघुकथा : सहयायी

लघुकथा : सहयायी

मनीषकुमार शर्मा ‘समित’,मध्यपुर ठिमी, भक्तपुर बुढा भएका वरपीपल सँगै बसेर...

कविता : शिशिर ऋतु

कविता : शिशिर ऋतु

मचिन्द्र खत्री, धरान, सुनसरी सरसर चल हावा,शीत सर्को लिएर थरथर...

कविता : कविताको मृत्यु

कविता : कविताको मृत्यु

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा संसारभरि कसैले हल्ला फैलायो ए...

गजल

गजल

सुशील रिजाल, किर्तिपुर, काठमाडौं भुलेँ प्यास सारा नसाको रहरमा छु...