प्राकृतिक रुपमा आउने बाढी, पहिरो, भूकम्प , हावाहुरी, चट्याङ्ग आदिको कारण उत्पन्न हुने विपत्ति, जसको कारण धन जनको ठुलो क्षति हुने गर्छ त्यसलाई सामान्यताः प्राकृतिक बिपत्ति वा प्राकृतिक प्रकोप भन्ने गरिन्छ । यहि प्राकृतिक प्रकोप, बिपत्तको कारण धेरै मानिसहरु घरबाहर बिहिन बन्न पुग्छन्, कोहि कोहि त करोडपति पनि रोडपति बन्न सक्छन् । यस्तो प्राकृतिक बिपत्तिको आवस्थामा धेरै मानिसहरु सग बस्न छाना, लगाउन नाना र खान खाना हुदैन धेरै मानिसहरुको बिचल्ली हुने गर्छ । तर केहिलाइ भने यहि बिचल्ली अवस्थाको कारूणिक अवस्था, दुःखद् कथा, दर्दनाक तस्बिर कसैको लागि आम्दानीको गतिलो श्रोत बन्न पुग्छ । हेरौ नेपालमा कसरि गैर सरकारी सस्थाहरुले यस्तोमा कार्य गर्छन । सबै गैरसरकारी सस्थाहरुलाई एउटै डालोमा हालेर भन्न खोजिएको होइन। केहि राम्रै काम गर्ने गैर सरकारी सस्थाहरु पनि छन् तर अधिकाशको अवस्था व्यवस्था भने यस्तै हो।
नेपालमा गैर सरकारी सस्थाहरुले बिभिन्न सेक्टरमा काम गर्ने गर्छन्, जस्तो वास, डिजास्टर, लाइभलिहुड आदि आदि । काम गर्ने सबैको आफ्नै तरिका हुन्छ । अब धेरै गैर सरकारी सस्थाहरुले बाढिपिडितहरुको कथा, व्यथा, तस्बिरहरु बेच्ने छन्। कसरि बेच्छन् त रु हेरौ १
प्राकृतिक विपत्तिको अवस्थामा धेरै गैर सरकारी सस्थाहरुले डाटा सकलन भन्दै रकम खर्च गर्छन् । नाम प्राकृतिक बिपत्तिमा परेकाहरुको डाटा संकलन, काम बिपत्तिमा परेकाहरुको फोटो खिच्ने, सरकारले संकलन गरेका डाटाहरुको खोजीनिती गर्ने अनि आफुहरुले पनि केहि डाटा सकलन गर्ने। यो डाटा संकलनको नाममा जति पैसा खर्च हुन्छ वास्तविक पिडितको हातमा एक रुपैया पनि पर्दैन। त्यो डाटा सकलन बापतको पैसा डाटा संकलक लगायतहरुको गतिलो आम्दानीको श्रोत बन्दछ । बिचरा ति बास्तबिक बाढी पिडितहरुको कथा, ब्यथा, फोटो सकलन गरेर गैर सरकारी सस्थाहरुको लागि गतिलो आम्दानिको श्रोत बन्छ ।
यसरी डाटा सकलन गरे पछि बिभिन्न प्रपोजलहरु तयार गरिन्छ । NGO हरुले यसरी तयार पारिएको प्रपोजल बिभिन्न INGO हरुमा पठाउछन्। नेपालमा INGO हरुले आफुले प्रोग्रामहरु कार्यान्वय गर्न पाउदैनन् । उनीहरुले NGO मार्फत प्रोग्रामहरु कार्यान्वय गर्नुपर्छ । सबैलाई त नभनौ तर केहि INGO र NGO बिच यहि केहि चलखेल हुन्छ । INGO ले प्रोग्राम कि त आफुले चिनेको वा सम्बन्ध राम्रो भएकोलाइ दिन्छन वा त NGO लाइ प्रोग्राम दिए बापत केहि लिन्छन । यो NGO र INGO बिचको ओपन सेक्रेट हो, गरिन्छ तर भनिदैन । यो तहमा पनि वास्तविक पिडितले एक रुपैया पाउदैनन् । बिचरा नाम, कथा, ब्यथा, तस्बिर पिडितको तर दाम INGO र NGO का हाकिमको ।
INGO बाट प्रोग्रामको स्विकृत तथा केहि बजेट पाईसके पछि त्यो कार्यान्वयको लागि बिभिन्न सरकारी निकायका मानिसहरु सग समन्वय गरिन्छ। बिभिन्न होटलहरुमा मिटिङ्ग गरिन्छ, मिटिंङ्गमा आउनेहरुलाइ अवस्था हेरिकन खाजा, खाना र भत्ता दिइन्छ। यहाँ पनि बिचरा नाम बाढि पीडितको तर भत्ता, खाजा, खाना भने समन्वयकारीहरुको ।
प्रोग्राम कार्यावन्यको लागि केहि थान चामलका बोरा , चिउरा र चाउचाउको प्याकेट लिएर लिएर वास्बिक पिडितहरुकोमा गइन्छ, फोटो खिचिन्छ, सेल्फी खिचिन्छ । फलानो NGO ले यति सहयोग गर्यो उति सहयोग गर्यो भन्दै झ्याली पिटाइन्छ। अझ कति सम्म गरिन्छ भने केहि रकम तिरेर पत्रिका, टेलिभिजन लगायतमा समाचार बिज्ञापन छपाइन्छ, बजाइन्छ । बिचरा बास्तबिक पिडितहरुलाई केहि थान चामलका बोरा, चिउरा, चाउचाउ, अरु सब अरुहरुलाई । जसको कारुणिक तस्बिर, कथा, व्यथा बेचिएको छ उसले पाउने भनेको केहि थान चामलका बोरा, चिउरा र चाउचाउको प्याकेट मात्र हो, अरु सबका सब अरुको हो।
यहि केहि थान चामलका बोरा, चिउरा, चाउचाउ दिएकोलाइ ठुलै उपलब्धि, कार्य सफलता मानि कार्यक्रम समिक्षा गर्न होटलमा मिटिंग गरिन्छ। त्यस समिक्षा मिटिङ्गमा उपस्थित हुने सरकारी निकायका मान्छेहरु, INGO का मान्छेहरु लगायतलार्इ खाजा, खाना, सहित भत्ता बितरण गरिन्छ ।
र अन्त्यमा पिडितहरुलाइ ठुलै सहयोग गरेको भनि NGO र INGO का मान्छेहरुलाई विदेश भ्रमण समेतको व्यवस्था गरिन्छ। बिचरा पिडितहरुको कथा, ब्यथा, तस्बिरहरु बेचेर INGOर NGO हरु चुरीफुरी नेपालमा कहिले सम्म, तारे होटलमा मिटिंग कहिले सम्म, मिटिंगमा भत्ता वितरण गरेर बास्विक पिडितलार्र्इ चाउचाउ कहिले सम्म ।
अन्त्यमा अब बाढी पिडितको नाममा धेरै NGO, INGO हरु सलबलाउने छन् । तपाइहरुको घर दैलोमा पनि केहि थान चामलका बोरा, चिउरा, चाउचाउका प्याकेटहरु दिएर सेल्फी खिच्न आउने छन् । तपाईका दुः खपिडाका कथाहरु बेचिने छन् तर बिडम्बना तपाइले केहि थान चामलका बोरा, चिउरा, चाउचाउमा चित्त बुझाउनु पर्नेछ । तपाईलाई कसार दिएर रसभरी NGO, INGO आफैले राख्ने छन्।
वि.सं.२०७६ असार २८ शनिवार १५:२९ मा प्रकाशित
























