back

स्वास्थ्य मन्त्री थापाद्धारा भोलेन्टियर राख्ने कार्य बन्द गर्न आग्रह

वि.सं.२०७३ मंसिर ४ शनिवार

636 

shares

gagan thapa

४ मंसीर, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले कुनै पनि निजी वा सरकारी अस्पतालले (परिचारिका)नर्सलाई भोलेन्टियर राख्ने परम्पराको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार निजी अस्पतालको छाता सङ्गठन ‘एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)’ को १९औँ वार्षिक साधारणसभामा मन्त्री थापाले ठूलो लगानी गरी पढेका नर्स र अन्य पारामेडिक्सलाई भोलेन्टियर राखी उनीहरूको श्रम शोषण बन्द गर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “नर्सलाई भोलेन्टियर राख्ने कार्य आजैबाट बन्द गरौँ । अब अस्पतालको अवलोकनका क्रममा सो कुरा पनि अनुगमन हुनेछ ।” उहाँले नर्सलाई सित्तैमा काम गराएको पाइएमा त्यस्ता अस्पताललाई नवीकरण नगरिने चेतावनी पनि दिनुभयो ।

उहाँले निजी अस्पतालले गुणस्तरीयताको दाबी गर्दैगर्दा अस्पतालको सेवाको पारदर्शीताबारे पनि बिरामीलाई विश्वस्त गराउन सक्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले बाहिरबाट सफा देखिने निजी अस्पतालले पनि सरसफाइ व्यवस्थापन गर्न नसकेको भन्दै भित्री इन्फेक्सन व्यवस्थापन गर्नुपर्नेतर्फ सचेत गराउनुभयो ।

आफू निजी अस्पतालका समस्या समाधानका लागि तयार रहेको बताउँदै मन्त्री थापाले त्यसका सरकारले जनस्वास्थ्य ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले निजी अस्पतालले १० प्रतिशत निःशुल्क सेवा गरिब तथा विपन्नलाई दिनुपर्ने, शल्यक्रिया गर्दा मापदण्डअनुसार दक्ष चिकित्सक र स्वास्थ्यकर्मी राख्नुपर्ने लगायतका कुरा कडाइका साथ लागू गर्नुपर्छ ।”

एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले निजी क्षेत्रका पनि थुप्रै कमजोरी रहेको भन्दै पारदर्शिता कायम गर्नका लागि सरकारसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अफिनका सुदूरपश्चिमाञ्चल उपाध्यक्ष गजेन्द्रवीर सिंहले सरकारले नवीकरणका नाममा निजी अस्पताललाई ‘दुहुनो गाई’ बनाएको आरोप लगाउनुभयो ।

वि.सं.२०७३ मंसिर ४ शनिवार ०३:३१ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...