Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

जित नेपालकै हातमा, मलेसिया ६ रनले पराजित



१९ असार । नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजको दोस्रो खेलमा पनि जित हासिल गरेको छ ।

आइतबार किनारारा ओभल क्रिकेट मैदानमा भएको दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले जित हात पारेको हो । १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन मात्र बनाउन सक्यो । नेपालले २ वटा टि–२० अन्तर्राष्ट्रियको सिरिज २–० ले जित्दै इतिहासकै पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप जित हाँसिल गरेको छ। पहिलो खेलमा शनिबार नेपालले मलेसियाविरुद्ध ७ विकेटले सहज जित निकालेको थियो ।

अन्तिम ओभरमा मलेसियालाई ६ बलमा १४ रन आवस्यक थियो। तर अभिनाश बोहोराले स्याहादतलाई रन दिनबाट रोकेका थिए ।

त्यसअघि विकेट कीपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले मलेसियालाई दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा १ सय ७४ रनको कीर्तिमानी लक्ष्य दिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम