
२९ असार , काठमाडौँ । विगत तिन वर्ष देखि निरन्तर हुदै आएको सिनेमा सर्कल नेपालको एलजि सिने सर्कल अवार्ड यस वर्षको लागी निशुल्क अनलाईन फर्म खुल्ला गरिएको छ ।
२०७५ सालभर नेपालमा प्रदर्शनमा आएका चलचित्रहरुले निशुल्क यस अवार्डमा सहभागिता जनाउन पाउनेछन् ।
सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुने अवार्डमा विगतमा एक सर्वाधिक रुचाईएको चलचित्र अवार्ड बन्न सफल बनेको थियो ।
अवार्डको पहिलो वर्ष २०७३ साल भाद्र २२ गते आर्मी अफिसर्स क्लव भद्रकालिमा वरिष्ठ भारतीय चलचित्र कलाकार एवम् सांसद शत्रुघन शिन्हा, जापानी चलचित्र निर्देशक मात्सुवयासी र हलिउड चलचित्र निर्देशक डिगर मेशको विशेष अतिथ्यतामा, २०७४ साल श्रावन २३ गते चर्चित भारतिय कलाकार एंव नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र माईतीघरका प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनी र तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको विषेश आतिथ्यतामा नेपाली चलचित्र क्षेत्रमा निजी लगानी सुरु भएको ५१औँ बर्षको महोत्सव मनाउँदै सम्पन्न भएको कार्यक्रमको गत बर्ष भदौ ३१ गते राष्ट्रिय सभागृहमा चर्चित बलिउड स्टार गोविन्दा को विशेष आतिथ्यतामा सम्पन्न भएको थियो भने तिनै वर्षमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्युको प्रमुख आतिथ्यतामा प्राविधिकहरूलाई विशेष सम्मान गर्दै सम्पन्न भएको थियो ।

एउटा स्तरीय पुरस्कारको स्थापना र निरन्तरताको लागि प्राविधिकहरुलाई सम्मान गर्दै कार्यक्रमको पहिलो वर्षमा लाइफटाइम अचिभमेन्ट अवार्ड २५० भन्दा बढी नेपाली चलचित्रमा अभिनय समेत गरेका तथा २०३८ साल देखि लगातार अभिनय तथा कला संयोजन गर्दै आएका उद्धव भट्टराई (जुङ्गे)लाई नगद रु ५१०००।– सहित प्रदान गरिएको थियो ।
अवार्डको दोश्रो बर्ष नेपाली २५० भन्दा बढि चलचित्रमा द्धन्द निर्देशकको रुपमा निरन्तर योगदान पुराएका निर्देशक एन वि महर्जनलाई नगद ५१ हजार सहित प्रमुख अतिथी तथा विशेष अतिथीको हातबाट लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने गत बर्ष नेपाली चलचित्रमा लामो समय चलचित्र निर्देशनमा योगदान पुराएका राँको, करोडपति, सिमारेखा, घामछाँयाँ, एक नम्वरको पाखे, कर्जा, घुम्टो जस्ता दर्जनौ चलचित्र लगायत भारतिय र भोजपुरी चलचित्र समेत निर्देशन गरेका बरिष्ठ चलचित्र निर्देशक किशोर राना लाई नगद ५१००० सहित लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
सिनेमा सर्कल नेपालले चलचित्रकर्मी, पत्रकार, फुटवलर, एभरेष्टर, उद्योगी, समाजसेवि, नेपाल आर्मी तथा प्रहरीका उच्च अधिकृतहरु तथा हर दर्शकले रुचाएका नेपालका प्रतिष्ठीत व्यत्तिहरुको उपस्थिति सम्पन्न विगतको कार्यक्रम जस्तै यो बर्ष पनि केहि फरक ढंगले २०७५ सालमा प्रदर्शनमा आएका तथा यस एल जि सिने सर्कल अवार्डमा निशुल्क नाम दर्ता गराएउने नेपाली कथानक चलचित्रहरु बाट तपसिलका २२ विधामा अवार्ड प्रदान गरिने बताइएको छ ।
२०७५ मा प्रदर्शित फिल्मले LG Cine Circle Awards मा
निःशुल्क चलचित्र दर्ता तलकोhttps://forms.gle/ZEjXXEDV6MN18ftx9 लिकंमा गएर भर्न सकिनेछ।