Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

महामारी फैलन नदिन सतर्कता




२ असार, काठमाडौँ । बाढी र डुबानकाट विस्थापितहरु घर फर्किन थालेका छन् । पानीको सतह घटेसँगै विस्थापित घर फर्कन थालेका हुन् । डुबान भएका वस्तीमा महामारी फैलन नदिन स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

विस्थापितमा झाडापखाला, हैजा, टाइफाइड, आऊँ, जण्डिस र हेपाटाइसिसको संक्रमण हुने जोखिम देखिएपछि स्वास्थ्यकर्मी परिचालन गरिएको हो । त्यस्तै किटजन्य रोगहरु मलेरिया, डेंगु, कालाजारको पनि जोखिम रहेकाले जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । विपद्का कारण ३२ जिल्ला प्रभावित भएका छन् । हालसम्म ६१ जनाको मृत्यु भएको छ । १६ हजार ५ सय २० घरपरिवार अस्थायी रुपमा विस्थापित भएका थिए । प्रदेश १ को ओखलढुङगा र भोजपुरमा दश जनाको मृत्यु भएको छ । २ हजार भन्दा बढी विस्थापित भए ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्लेले बाढी र डुबानबाट विस्थापित भएकाहरु घर फर्केकोले पानी सुद्धिकरणका लागि पियुस, क्लोरिन वितरण गर्न सुरु गरिएको जानकारी दिइन् । बिहीबारको अन्नपूर्ण पोस्टबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम