back

सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउ : उपराष्ट्रपति पुन

वि.सं.२०७३ मंसिर ४ शनिवार

660 

shares

nandapun1

 ४ मङ्सिर,ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउन सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्नुभएको छ ।

बौद्धविहार सङ्घको ४१औँ वार्षिक साधारणसभाको उपलक्ष्यमा आज यहाँ सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भूकम्प गएको डेढ वर्ष भइसकेकाले पुनःनिर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

संविधानले प्रत्याभूत गरेको धर्म निरपेक्षता यो दशकको उपलब्धि भएको उहाँले बताउनुभयो । “नयाँ संविधानले आफ्नो धर्म संस्कृतिको संवद्र्धन गर्ने अधिकार सबै नागरिकलाई दिएको छ,” उहाँले भन्नुभयो, “सबै नागरिकले एकअर्काको धर्म/संस्कृतिको पहिचान स्वीकार र सम्मान गर्न खाँचो छ ।”

बौद्ध विहार नेपालको मात्रै नभएर विश्वको नै सम्पदा भएको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “गौतमबुद्ध नेपालमा नै जन्मनु र यस्ता विहार नेपालमा हुनु हामी सबैको गर्वको विषय हो ।” गौतमबुद्धले प्रतिपादित गरेको सिद्धान्त अवलम्बन गर्दा नेपालीले स्थायी शान्ति खोज्न अरु ठाउँमा जानु नपर्ने उहाँले बताउनुभयो ।

बौद्ध विहार सङ्घका अध्यक्ष पुष्परत्न शाक्यले विहारको संरक्षण र संवद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “सुरक्षाको अभावमा कतिपय वस्तु हराएका छन्,” उहाँले भन्नुभयो, “हराइसकेपछि त्यसलाई म्युजियममा राख्ने मात्रै नभई त्यसलाई संरक्षण र संवद्र्धनमा सरकारले चासो दिनुपर्छ ।” रासस

वि.सं.२०७३ मंसिर ४ शनिवार १४:५१ मा प्रकाशित

Himalayan Life AD
आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु...

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी...

दार्चुलामा भूकम्प

दार्चुलामा भूकम्प

दशरथचन्द(बैतडी) । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा...

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।...

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...