
दिए ज्ञान बढ्ने लुकाए सकिन्छ,
छरे अन्न उग्ने र खाए सकिन्छ ।
विना श्रम सित्तै नखोजे पियारा,
जिब्रे स्वाद हो त्यो चपाए सकिन्छ ।
नसल्काउ व्यर्थै मनैमा डढेलो,
रही शान्त प्यारा निभाए सकिन्छ ।
बडो शान हो यो बुझौ स्वाभिमान,
उचो माथ आफ्नो झुकाए सकिन्छ ।
तिमीसाथ नौलो लुगा छ ईमान,
सधै नित्य लाऔँ नलाए सकिन्छ
उचालेर भारी बढौ देश निम्ती,
धरा धर्म हो जो बिसाए सकिन्छ ।