Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता : म हारेको कहाँ छु



म हारेको कहाँ छु र
जीवनमा
परिस्थिति को ढिस्कुरो नाघ्ने
सामथ्र्य छ म मा ।

म लडेको पनि
कहाँ थिए र
उठेर दौडने बल छ अझै म मा ।

छिया छिया परेको
मुटुमा
प्रभुको वचनको मलहम पट्टी
लगाएको छु ।

थाकेको मन प्राणमा
प्रभुको सामर्थिलो वचनले
आफूलाई भरिभराउ पारेको छु ।

यसैले त कठिन यात्रा जीवनको
हाँक्न मलाई
गाह्रो कहाँ छ र
दुर्लभ लक्ष्य तिर
पाईला बडाउने
क्षमता कहाँ कमजोर भएको छ र
मेरो बिस्वासको धरातल हल्लिएको छैन
आशाहरूले देखाउदै छ
विजय जीवन निश्चित छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ