back

कविता : म हारेको कहाँ छु

वि.सं.२०७६ साउन ४ शनिवार

3.8K 

shares

म हारेको कहाँ छु र
जीवनमा
परिस्थिति को ढिस्कुरो नाघ्ने
सामथ्र्य छ म मा ।

म लडेको पनि
कहाँ थिए र
उठेर दौडने बल छ अझै म मा ।

छिया छिया परेको
मुटुमा
प्रभुको वचनको मलहम पट्टी
लगाएको छु ।

थाकेको मन प्राणमा
प्रभुको सामर्थिलो वचनले
आफूलाई भरिभराउ पारेको छु ।

यसैले त कठिन यात्रा जीवनको
हाँक्न मलाई
गाह्रो कहाँ छ र
दुर्लभ लक्ष्य तिर
पाईला बडाउने
क्षमता कहाँ कमजोर भएको छ र
मेरो बिस्वासको धरातल हल्लिएको छैन
आशाहरूले देखाउदै छ
विजय जीवन निश्चित छ ।

वि.सं.२०७६ साउन ४ शनिवार ०९:०३ मा प्रकाशित

Himalayan Life AD
जुनकिरी साहित्य समाजको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

जुनकिरी साहित्य समाजको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । जुनकिरी साहित्य समाजले आफ्नो स्थापना भएको एक वर्ष...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...