
५ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको बैठकमा सम्पन्न भएको छ ।
पार्टीको आज बसेको बैठकले ७७ जिल्ला भुगोलहरु र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकाको ईन्चार्ज र सहइन्चार्जको विवरण आज बेलुका सम्म सार्बजनिक गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले सांगठानिक एकिकरणका बाँकी कामलाई पूर्णता दिने छलफल भएको बताउँदै मंगलबार केन्द्रीय कार्यालयमा १ बजे पुन : सचिवालयको बैठक बस्ने र उक्त बैठकले त्यसपछिका बाँकी विभागहरु, आयोगहरु, केन्द्रीय अन्य निकायहरु, प्रवास संगठनहरु एकिकरणको काम टुंगो लगाउने पनि श्रेष्ठले बताए ।