Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली समाज ओमानको अधिवेशन सम्पन्न, अध्यक्षमा दिलु रोका



३ साउन २०७६ शुक्रबारका दिन नेपाली समाज ओमानको अधिवेशनले मा दिलु रोकालाई सर्वसम्मतिले अध्यक्षमा चुनेको छ ।

ओमानमा २००२–२००३ तिर कुनै नेपालीहरुको एक आपसमा सम्पर्क समेत नभएको बेलामा नेपालीलाई एक आपसमा जोडन् र नेपालीका समस्याको समाधान गर्ने र साउदीस्थिति नेपाली दुतावाससँग समन्वय गर्ने ओमानको पहिलो संथा नेपाली समाज ओमानको आठौं अधिवेशन सम्पन्न भएको छ ।


दिलु रोका र तोलाकान्त भट्टराईको संचालन, जीवन कुमार ढुंगानाको अध्यक्षता रहेको सो कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कुटनैतिक निकायकी श्रम सहचारी कृष्णकुमारी गौली र गैरआवासीय नेपाली संघका सचिब डिबि क्षेत्रीको बिशेष आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा ओमानमा क्रियाशील रहेका सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारको उपस्थिति रहेको थियोे ।

नवनिर्वाचित समितिलाई प्रमुख अतिथि नेपाली कुटनैतिक निकायकि श्रम सहचारी कृष्ण कुमारी गौली र गैरआवासीय नेपाली संघका सचिब डिबि क्षेत्रीले सपथ खुवाएका थिए । उल्लेखनीय प्रवाशी श्रमिक दाजुभाइ दिदिबहिनीहरु उपस्थितिले हल रंङीचङ्गी भएको थियो । कार्यक्रमको मिडिया पाटनर प्रबास खबर तथा डिसि नेपाल डट कम रहेका थिए भने अल मधुसी (ओमान फुड स्टफ एल एल सि) को प्रायोजन रहेको थियो । ओमानमा नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानमा निरन्तरता दिईरहने प्रतिबद्धता गर्दै र सम्पूर्ण अतिथि तथा जनसमुदाय लाई धन्यवाद दिदै सभा अध्यक्षले अधिवेशन समापन भएको घोषणा गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले