२१ जुलाई, अमेरिका । तत्कालिन संघीय समाजवादी फोरमको भातृ संगठन नेपाली संघीय समाज अमेरिका र नयाँ शक्ति पार्टीको अन्तर्रास्ट्रिय नेपाली समाजलाई एकीकरण गरि बनेको ‘नेपाली समाज अमेरिका’ न्यूइङल्याण्ड तर्दथ समिति गठन गरिएको छ ।
न्युहेम्प्शायर, म्यासाच्युसेट्स, कनेक्टिकट, भर्मन, मेन गरेर ५ वटा राज्य (जसलाई न्यु इंग्ल्याण्ड भनिन्छ ) मिलेर बनेको उक्त न्यू इङल्याण्ड तर्दथ समितिको महासचिवमा दिपक डंगोल, उपाध्यक्षमा प्रकाश परियार, सचिवमा शेखर राई र सदस्यहरुमा चन्द्र राई, गीता श्रेष्ठ, भरत देवान लगायत रहेका छन् ।

बोस्टनमा सम्बोधन गर्दै समाजवादी पार्टीका वरिष्ठ नेता तथा कार्यक्रमका प्रमुख अतिथि अशोक राईले कोदो र तोरीको मिसावटको दुई तिहाइ सरकारबाट नेपाली जनताले न रोटी ढिडो नत तेल नै पाउछन् अर्थात बिकास समृद्दि यो सरकारबाट सम्भव नभएको बताए ।
नेता राईले संबिधान संशोधनको उदेश्यले प्रधानमंत्रीसँग दुईबुंदे लिखित सम्झौता गरेर पार्टी सरकारमा गएको बताउँदै नेता राईले त्यसको पालना हुन्न भने आफूहरु सरकारमा बस्नुको कुनै औचित्य नभएको पनि बताए ।
नेता राईले संबिधानमा मौलिक हक सम्बन्धि धाराहरु अत्यन्त राम्रा रहेको तर पहिचान, भाषा, धर्म जस्ता सवालमा यो संबिधानले विभेद गरेको बताउँदै संबिधान चौराशी व्यंजनमा झिंंगा परेको जस्तो भएको बताए । उनले संविधान संशोधन गरेर हिमाल पहाड तराइ सम्पूर्ण जनताको भावनालाइ समेट्नु आजको आवस्यकता रहेको बताउँदै त्यसको नेतृत्व समाजवादी पार्टीले गर्ने बताए ।

सोहि सभालाई संबोधन गर्दै समाजवादी पाटीर्की केन्द्रीय सदस्य शुसीला श्रेष्ठले विदेशमा बसेर दुःख गरिरहेकाहरुको आवाज नेपालमा सुनिने भएकाले पार्टीको सकारात्मक सन्देश गाउँघरतिर पनि पुर्याइदिन भन्दै अनुरोध गरेकी थिइन् ।

सोहि भेलालाई एनआरएनए अमेरिका पूर्वसभापति शिब कुमार राई, नेपाली समाज न्यूयोर्कका महासचिव लोक चेम्जोङ्ग, सदस्य केशब राम राई लगायतले सम्बोधन गरेका थिए ।
वरिष्ठ नेता अशोक राईको यो नै यसपटकको अमेरिकाको अन्तिम कार्यक्रम रहेको रहेको थियो ।
वि.सं.२०७६ साउन ५ आइतवार १७:१७ मा प्रकाशित




























