Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

यी हुन् नेकपाका जिल्ला ईन्चार्ज महिलाहरु



३ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्लाकै ईन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ ।

पार्टीको आईतबार बसेको सचिवालय बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको हो ।

७७ जिल्लाकै इन्चार्ज तोक्ने क्रममा ९ जना महिला पनि इन्चार्जमा परेका छन् ।

नेकपाका अनुसार तेह्रथुममा जयन्ती राई, काठमाण्डौमा सावित्रा भुसाल, दोलखामा देवी खड्का, स्याङजामा पदमा अर्याल, मुस्ताङमा श्रीमाया थकाली, रसुवामा विमला सुवेदी र वाग्लुङमा वलावती शर्मालाई जिल्ला इन्चार्ज तोकिएको छ ।

त्यस्तै ६ वटा महानगर मध्ये ललितपुर महानगरमा सुशीला नेपाल र भरतपुर महानगरमा रेणु दाहालले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

पार्टीको मंगलबार बस्ने सचिवालयको बैठकले सांगठानिक एकिकरणका बाँकी कामलाई पूर्णता दिन मंगलबार १ बजे बस्ने सचिवालयको बैठकले विभागहरु, आयोगहरु, केन्द्रीय अन्य निकायहरु, प्रवास संगठनहरु एकिकरणको काम टुंगो लगाउने पनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले