
मानव बेचबिखनका नयाँ नयाँ स्वरुपहरु अपनाइएबाट यो अपराध नियन्त्रणमा चुनौतिहरु थपिएका छन् । राज्यले अर्थात यो अपराधको लागि उत्पत्ति, माध्यम र गन्तव्य मुलुकका सरकारहरुले बहुतै गम्भीर भएर संयुक्त रुपमा यस्तो अमानवीय एवम क्रुर अपराध नियन्त्रणको प्रभावकारी योजना ल्याउनु आवश्यक छ ।
मानव बेचबिखनको स्वरुप पनि कस्ता कस्ता । यौन क्रियाकलाप तथा श्रम शोषणका लागि हुने गरेको मानव बेचबिखन त छँदैछ । अहिले जीवित व्यक्तिको छाला निकाल्ने र अनुहार सुन्दर बनाउनका लागि प्रयोग हुने गरेको छ । रोयटर्स फाउन्डेसनले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपाली महिलाको अनुहारको छाला धनाढ्यहरूको अनुहारमा टाँसेर सुन्दर बन्नको लागि समेत महिला बेचिएका घटना उदांग भएका छन् ।
भारत लगायत दक्षिण अफ्रिका वा अन्य देशका धनाढ्यहरुले सर्जरी गरेर नेपालीको छाला राख्ने प्रचलन बढेको छ । सम्द्ध सरकारबाट समेत महिलाको छाला काटेर बिक्री गर्ने धन्दा सुरु भएको प्रति चिन्ता गरिएको छ । मुम्बइ लगायतका ब्रथेलहरुमा बेचिएका नेपाली चेलीहरुलाई लागू औषध सेवन गराई लठ्याउने र उनको शरीरबाट छाला काढेर प्रशोधनका लागि पठाइने गरेको समेत पाइएको छ ।
विश्व बजारमा नेपाली महिलाको स्किनको ठूलो माग छ । दिल्ली र मुम्बईमा १०० स्क्वाएर इञ्च छालाको मूल्य भा रु ५०००० देखि १००००० सम्ममा बिक्री हुन्छ ।
यो घृणित अपराधका लागि दलालहरुले नेपाली युवतिहरुलाई जालमा पारेर भारतीय सिमा पार गराउँदछन् । सिमानामा अर्को दलालसंग भेट गराएपछि भारतका कोठीहरुमा पुर्याइन्छ । त्यहाँ अर्को दलालले यौन शोषणका लागि बेचिदिन्छ वा सिधै स्किन झिक्ने ठाउँमा लगेर सुम्पिदिन्छ । पीडितले आफ्नो स्किन राजीखुशीले दिएको हो भन्ने कागजमा सहिछाप समेत गराइन्छ ।
भारतमा पहिलो पटक Indian news website Youth Ki Awaaz (Voice of the Youth) ले मात्र १५० अमेरिकी डलरका लागि नेपाली चेलीले आफ्नो 20 square inches (130 square cm) छाला बेच्न विवस भएको घटना सार्वजनिक गर्न सकेको थियो ।
यस कारण अब मानव बेचबिखनका नयाँ नयाँ स्वरुपहरु अपनाइएबाट यो अपराध नियन्त्रणमा चुनौतिहरु थपिएका छन् । राज्यले अर्थात यो अपराधको लागि उत्पत्ति, माध्यम र गन्तव्य मुलुकका सरकारहरुले बहुतै गम्भीर भएर संयुक्त रुपमा यस्तो अमानवीय एवम क्रुर अपराध नियन्त्रणको प्रभावकारी योजना ल्याउनु आवश्यक छ ।