Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

सबैले पढ्नै पर्ने पुस्तक ल्याए डा. प्रमोद ढकालले



सामाजिक अभियन्ता डा प्रमोद ढकालले सबैले पढ्नै पर्ने पुस्तक ‘पूर्वीय दर्शनको पुनव्र्याख्या’ लेखेका छन् । हालै काठमाडौँको प्रज्ञाभवनमा आयोजित लोकापर्ण कार्यक्रममा पुस्तकको विमोचन गरिएको छ ।

पूर्व प्रधान न्यायाधीश सुशीला कार्की, नागरिक अभियन्ता डा. देवेन्द्रराज पाण्डे, लेखक प्रा. डा. शिव गोपाल रिसाल, सामाजिक चिन्तक प्रदीप गिरी, साहित्यकार र संस्कृतविद् मोदनाथ प्रश्रित, लेखक तथा साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई, गायिका आनी छोइङ डोल्मा, अध्येता प्रा प्रियंवदा काफ्ले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

कार्यक्रममा अध्यात्मचिन्तक र लेखक प्रा. डा. शिव गोपाल रिसाल, दार्शनिक र सामाजिक चिन्तक प्रदीप गिरी, साहित्यकार र संस्कृतविद् मोदनाथ प्रश्रित, लेखक तथा साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई, अध्येता प्रा प्रियंवदा काफ्ले, भिक्षुणी आनी छोइङ डोल्मा लगायतले पुस्तकको समालोचना गरेका थिए ।

नेपाल संस्कृत विश्वविद्यालयकी प्रा. प्रियंवदा काफ्लेले ‘पुस्तक प्राचीन शास्त्रको आँखाबाट वर्तमान परिवेशलाई हेरेर अनि प्रवासको अनुभूतिद्वारा खारेर तयार पारिएको धारणा राखिन् ।

लेखक तथा साहित्यकार प्रा डा गोविन्दराज भट्टराईले ‘गहिरो खोज र अनुसन्धान गरेर लेखिएको यो जस्तो पुनर्व्याख्या नेपाली साहित्यमा अर्को कुनै नभएको बताए । उनले ‘अहंकार, द्वेष, घृणा, तुष्टि जस्ता भाव नराखिकन लेखिएको यो ग्रन्थमा दर्शनलाई जीवनसँग मिलाएर लेखिएको छ। यो बडो आश्चर्यलाग्दो व्याख्या छ र यसले एक मौलिक शक्ति बोकेको छ। यो सवैले पढ्नै पर्ने र सवैलाई पढाउनै पर्ने पुस्तक हो।’ भने।

साहित्यकार तथा संस्कृत साहित्यका विद्वान् मोदनाथ प्रश्रितले अध्यात्मवादी र भौतिकवादी चिन्तनको सन्तुलन मिलाउन नजान्दा हिजो आपसी द्वेष भयो। त्यसलाई साम्य पार्ने प्रकारको शीतलता यो पुस्तकमा रहेको विचार व्यक्त गरे। उनले यति राम्रो किताव अहिले सम्म नेपाली भाषामा नलेखिएको समेत दाबी गरे ।

सांसद तथा विचारक प्रदीप गिरीले यो पुस्तक नेपाली माटो प्रति गौरवको अनुभूति उत्पन्न गराउने प्रकारको भएको र यसमा प्रमाणसहित बडो आत्मविश्वासका साथ पूर्वीय दर्शनको व्याख्या गरिएको भनाई व्यक्त गरे ।

लेखक तथा अध्यात्मचिन्तक प्रा डा शिव गोपाल रिसालले ‘पुस्तक अतुलनीय रहेको र नेपाली वाङ्मयमा एउटा असाधारण उपलब्धि’ भएको बताए । उनले यसलाई पूर्वीय दर्शनको विश्वकोष भन्न सुहाउने बताए ।

भिक्षुणी तथा आध्यात्मिक गायिका आनी छोइङ डोल्माले कितावको जहाँ पढ्दा पनि आफूलाई महको स्वाद लिए जस्तो भएको बताइन् । उनले पुस्तकमा लेखिएका कुरालाई आफ्नो अन्तरहृदयले अनुमोदन गरेको भनिन्।

बिग फ्यामिलि भेञ्चर्स प्रकाशक, समा प्रिन्टर्स मुद्रक रहेको पुस्तकको वितरक – विद्यार्थी पुस्तक भण्डार, भेटाहिटी रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले