back

मन्त्री मातृका भन्छन्–’मन्त्रीले नै घुस खुवाउँछन् अनि कसरी रोकिन्छ भ्रष्टाचार’

वि.सं.२०७६ साउन ६ सोमवार

888 

shares

६ साउन, काठमाण्डौं । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री मातृका यादवले मन्त्रीहरुले नै घुस खुवाउने गरेको अवस्थामा भ्रष्टाचार कसरी रोकिन्छ भनेर प्रश्न गरेका छन् ।

मन्त्री यादवले मन्त्रीहरु, माननीयहरु, नगरप्रमुखहरुले मात्र नभएर सबैले घुस खुवाइरहेकोले यस्तो अवस्थामा कसरी रोकिन्छ भ्रष्टाचार भनेर प्रश्न उठाएका हुन् ।

मन्त्री यादवले कर्मचारीले प्रधानमन्त्रीलाई झुक्याइरहेको÷झुक्याएको बताएका छन् । ‘प्रधानमन्त्रीले पटक–पटक बैठकमा भन्नुहुन्छ–के त्यसै अनुसार कर्मचारी तन्त्र चलेको छ त ? चलेकै छैन । उहाँको निर्देशन त मान्दैनन् भने हाम्रो हालत के हुन्छ होला ?’

मन्त्री यादवले अहिलेको अवस्थामा सचिवहरुले नै उल्टै मन्त्रीलाई चुनौती दिएको बताउँदै आफूले मन्त्रालयमा त्यस्तै भोगेको बताउँछन् । ‘अरु मन्त्रालयमा के छ, थाहा भएन । मेरो मन्त्रालयमा कुन कर्मचारी कसरी आउँछ कसरी जान्छ, मलाई थाहा हँदैन । मैले चाहेको अवस्थामा कर्मचारी ल्याउन पनि सक्तिन् । को आउँछ कसरी आउँछ थाहा पाउँदिनँ । जसले ल्याउँछ उसैप्रति बफादार हुन्छ होला । त्यो म कहाँ पनि आउँदैन,’ सोमबार प्रकाशित नयाँपत्रिका दैनिकसँग मन्त्री यादवले गुनासो गरेका छन्, ‘मतललब, म त्यो कर्मचारी ल्याउने हटाउनेबाट जोडिनै पाउँदिन । मन्त्रीलाई नै टेर्दैनन् , मन्त्री केही जस्तो पनि होइन भन्ने ठान्छन् । मन्त्रीको कुरामा कर्मचारीमा विश्वास नै छैन । कर्मचारी राम्रो काम त गर्दैनन् । बढुवा हुने वेलामा झन मरी गए पनि काम गर्दैनन् । विवादमा परिन्छ भनेर मरी गए कामगर्दैनन् । कति काँतर छन् कर्मचारी, कर्मचारी पैसा खाने कुरामा नगर्ने काम पनि गर्छन् । यस्ता नोकरशाहबाट देशले के पाउने ? के त्यो काम मन्त्रीको हितमा हो ?’

वि.सं.२०७६ साउन ६ सोमवार ०७:३१ मा प्रकाशित

Himalayan Life AD
नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

काठमाडौँ । नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म...

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...