back
CTIZAN AD

सेवाग्राहीकै भेषमा अख्तियार

वि.सं.२०७६ साउन ६ सोमवार

681 

shares

६ साउन, काठमाडौँ । सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्यापिङ एक्सन फोर्स’ देशभर खटिएको छ । उनीहरु स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन् ।

अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन् । उनीहरुले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुनछन् । ढिलो गर्ने, झुलाउनेदेखि घुस माग्ने सम्मको गतिविधि उनीहरुको निगरानीमा हुन्छ ।यस्ता कार्य नियन्त्रणमा आफू अग्रसर हुँदैनन् ।

उनीहरु अक्र्राे टोलीलाई खबर गर्छन् । त्यसले नियन्त्रणमा लिन्छ । त्यस बेला पनि अघिल्लो टोलीका कर्मचारी सेवाग्राहीजस्तै हुन्छन् । फोर्सका कारण ‘स्टिङ अपरेसन’ सहित अख्तियारको क्रियाशीलता बढेको प्रवक्ता एवं सहसचिव प्रदिपकुमार कोइरालाले बताए । ‘अपरेसन बढेको छ’, प्रवक्ता कोइरालाले बताए ।

प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अगुवाइमा फोर्स परिचालित छ । टोलीले शनिबार दोलखाको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रकाश अधिकारी, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र चालक सुमन खड्काको पिछा गर्र्याे । फोर्सकै सक्रियतामा उनीहरु १४ लाख ६७ हजार घुससहित भक्तपुरको जगातीबाट पक्राउ परे । सोमबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ साउन ६ सोमवार ०७:३० मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...