Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सेवाग्राहीकै भेषमा अख्तियार



६ साउन, काठमाडौँ । सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्यापिङ एक्सन फोर्स’ देशभर खटिएको छ । उनीहरु स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन् ।

अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन् । उनीहरुले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुनछन् । ढिलो गर्ने, झुलाउनेदेखि घुस माग्ने सम्मको गतिविधि उनीहरुको निगरानीमा हुन्छ ।यस्ता कार्य नियन्त्रणमा आफू अग्रसर हुँदैनन् ।

उनीहरु अक्र्राे टोलीलाई खबर गर्छन् । त्यसले नियन्त्रणमा लिन्छ । त्यस बेला पनि अघिल्लो टोलीका कर्मचारी सेवाग्राहीजस्तै हुन्छन् । फोर्सका कारण ‘स्टिङ अपरेसन’ सहित अख्तियारको क्रियाशीलता बढेको प्रवक्ता एवं सहसचिव प्रदिपकुमार कोइरालाले बताए । ‘अपरेसन बढेको छ’, प्रवक्ता कोइरालाले बताए ।

प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अगुवाइमा फोर्स परिचालित छ । टोलीले शनिबार दोलखाको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रकाश अधिकारी, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र चालक सुमन खड्काको पिछा गर्र्याे । फोर्सकै सक्रियतामा उनीहरु १४ लाख ६७ हजार घुससहित भक्तपुरको जगातीबाट पक्राउ परे । सोमबारको अन्नपूर्ण पोस्टबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ