back

सरकारबाटै बित्तीय अनुशासन उल्लंघन, असारमा मात्रै २२ अर्बको रकमान्तर

वि.सं.२०७६ साउन ७ मंगलवार

708 

shares

७ साउन, काठमाडौँ । अरुलाई बित्तीय अनुशासनको पाठ सिकाउँदै आएको सरकारबाटै वित्तीय अनुशासन उल्लंघन भएको पाइएको छ । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७५\७६ को अन्तिममा वित्तीय अनुशासन उल्लंघन गर्दै २२ अर्बभन्दा बढी रुपैयाँ रकमान्तर गरेको छ ।

भइपरी आउने साधारण र विकास बजेट शीर्षकबाट रकमान्तर गरिएको हो । एउटा शीर्षकमा छुट्याइएको रकम अक्र्राे कार्यक्रममा सार्नु बजेट रकमान्तर हो । गत आर्थिक बर्षको अन्तिम असार महिनामा मात्रै २२ अर्ब ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।

हरेक आर्थिक वर्षको अन्तिममा यसरी नै ठूलो रकम रकमान्तर हुने गरेको छ । सुरुका महिनामा रकम खर्च नगर्ने , तर आर्थिक वर्षको अन्त्यमा बजेट सक्न रकमान्तर गरेर खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ । बजेट सक्नहतारमा गरेको कामसमेत गुणस्तरहीन हुँदै आएको छ । विभिन्न मन्त्रालयले सुरुमै रकम मागे पनि बजेट बढी खर्च गरेको देखाउन अर्थमन्त्रालयले आर्थिक वर्षको अन्तिममा मात्र निकासा दिने गरेको पाइएको छ । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन ७ मंगलवार ०८:०६ मा प्रकाशित

Himalayan Life AD
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद...

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको...