Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

११ साउनमा लगाउन तयार खोप पानीले डुबायो




७ साउन, काठमाडौँ । असार २८ र २९ गतेको वर्षापछि आएको बाढीले महोत्तरीमा बालबालिकालाई लगाउन तयार राखिएको भ्याक्सिन बिगारेको छ ।

महोत्तरी स्वास्थ्य कार्यालयभित्र पसेको पानीले त्यहाँको स्टोरमा राखिएका विभिन्न प्रकारका आठ हजार तीनवटा खोप डुबेको हो । ठूलो मात्रामा भ्याक्सिन नष्ट भएपछि साउन ११ गतेदेखि लगाइने नियमित खोप प्रभावित हुने देखिएको हो ।

परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीले बाढीका कारण ठूलो परिमाणमा भ्याक्सिन बिग्रिएको बताए । ‘एक महिनाका लागि भ्याक्सिन भण्डारण गरिएको थियो,’ उनले भने,‘अधिकांश बिग्रेका छन् ।’ उनका अनुसार स्टोर तीन फिटसम्म डुबेको थियो ।

बाढीबाट जिल्ला स्वास्थ्य कार्यालयमा रहेका १० वटामध्ये सातवटा रेफ्रिजेरेटर बिग्रेका छन्, हाल तीनवटा मात्रै रेफ्रिजेरेटर सञ्चालनमा रहेको भण्डारीले बताए । मंगलबारको नयाँ पत्रिका दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम