Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

संस्थानले रोक्दारोक्दै जबर्जस्ती भवन




७ साउन, काठमाडौँ । गुठी संस्थानले पचली भैरव गुठीको नाममा लालपुर्जा भएको जग्गामा भवन नबनाउन पटकपटक पत्राचार गर्दा पनि विद्यालायले जग राखेरै छाड्यो । काठमाडौँ महानगरपालिकाबाट नक्सापाससमेत नगरी भवन बनाउन थालेपछि गुठियार, सम्पदा अभियन्तालगायतको जगैसम्म भत्काइदिए । नवौं शताब्दीबाट पुजिँदै आएको पचली भैरवको पोखरी रहेको ठाउँमा टेकुको महेन्द्र सरस्वती सेवा आधारभूत स्कुलले भवन बनाउन लागेको हो । गुठीको आदेशलाई समेत पटकपटक अवज्ञा गरेर भवन निर्माण जारी राखेको भन्दै गुठियारलगायतको भवन भत्काइदिएका थियो । विद्यालयले भने यो ठाउँमा चउर रहेकाले भनव बनाएको दाबी गर्दै आएको छ । भवन निर्माण रोक्न गत जेठ १९ गते गुठी संस्थान काडमाडौँ शाखा कार्यालयले पत्राचारलाई स्कुलले बेवास्ता ग¥यो । त्यसपछि गुठी संस्थान प्रधान कार्यालयले असार १३ गते पत्राचार ग¥यो । त्यसलाई पनि स्कुलले वास्ता गरेन ।
गुठी संस्थानका प्रशासक नारायण चौधरीले पत्र लेखी पटकपटक पत्राचार गर्दा पनि अटेर गरेको आजकै ‘मितिबाट निर्माण स्थागित राखिदिन’ महानगर वडा कार्यालयलाई पत्राचार गरे । यो पत्रको पनि कुनै सुनुवाइ भएन । चौधरीपछि फेरि उपप्रशासक हरिप्रसाद जोशीले पत्राचार गरे असार १८ गते । मंगलबारको कान्तिपुर दैनिक बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ