७ साउन, काठमाण्डौ । फुड एण्ड बेभरेज तालिमका लागि भन्दै थाइल्यान्ड पुर्याइएका १० नेपाली विधार्थी सरकारी उद्धारमा घर फर्किएका छन् । कन्सलट्यान्सीमार्फत उनिहरु त्यहाँ पुगेका बैंककस्थित नेपालि दुतावासले जनाएको छ् । काठमाण्डौंको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सलट्यान्सीमार्फत फुड एन्ड बेभरेन तालिमका लागि बैंककको इन्टरनेसनल होटल एन्ड एयरलाइन्स बिजनेस स्कुल (आई–एचएबीएस) पुगेका हुन् । भने बमोजिमको तालिम र सुविधा नपाएपछि उनिहरुले दुतावास गुहारेका थिए । उनिहरुको उद्धार दुतावासले नै गरेको पनि जनाइएको छ् । दुतावासले गत बुधवार ३ जना र शुत्रबार ७ जना उद्धार गरेको विज्ञप्ति जारि गरी जनाएको छ् । दुतावासले प्रसिक्षण, तालिम, अध्ययन गर्न थाइल्याण्ड आउँदा त्याहाको बारेमा बुझेर आउनसमेत आग्रह गरेको छ्